बीपी स्वास्थ्य प्रतिष्ठानमा आन्दोलन जारी ःसरकारी उदासिनताप्रति कांग्रेसको असन्तुष्टी

आजभोलि

 

यतिलामो समय आन्दोलन हुँदा पनि प्रतिष्ठानका कुलपति प्रधानमन्त्रीले यस बिषयलाई गम्भीरतापूर्वक नलिएकाले कांग्रेसले असन्तुष्टी जनाएको हो । यो आन्दोलनको विषयलाई लिएर नेपाली कांग्रेस सार्वजनिक गम्भीर चिन्ता प्रकट गरेको छ । कांग्रेसले संवादबाट यसको समाधान अविलम्ब गर्न अपील पनि गरेको छ ।

‘प्रधानमन्त्रीको जिम्मेवारीभित्र अनेकौंबिषय पर्दछन् र छन् भन्ने कसैको दुइमत छैन । तर, त्यसो भनिरहँदा प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैर जिम्मेवारी हो ।

  कोभिड महामारी चलिरहेको बेला स्वास्थ प्रतिष्ठानमा लामो समय द्वन्द्व चलिरहनु उपयुक्त होइन । त्यसले समग्र प्रतिष्ठान र सर्वसधारण नागरिकमा समेतलाई गम्भीर असर पुग्दछ र पुगिरहेको छ भन्ने हेक्का कुलपतिलाई नहुनु दुःखद हो,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले प्रतिष्ठानभित्र अनेकन बेथिति र अराजकता रहेकोे विवरण पटक–पटक सार्वजनिक भएको भन्दै ढाकछोप नगरी त्यसको आवश्यक उपचार गर्न र आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र विद्यार्थीहरुसँग सार्थक संवादमार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण सिर्जना गर्न प्रधानमन्त्रीसँग माग समेत गरेको छ ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !