विश्व बैंकद्वारा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्ने

आजभोलि

काठमाडौँ । विश्व बैंकले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने भएको छ । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि विश्व बैंकले थप १० करोड डलर सहयोग गर्नेभएकमो छ । विश्व बैंकले शिक्षाका लागि पाँच करोड र स्वास्थ्यका लागि पाँच करोड डलर सहयोग दिने भएको हो । विश्व बैङ्कले विद्यालय क्षेत्र विकास कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग गर्न लागेको हो ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीको सुदृढीकरणका लागि उक्त रकम उपयोग गर्ने जनाएको छ । विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि देसीय निर्देशक फारिस हदाद जेरभोसका अनुसार यो सहायताबाट नेपालको शिक्षा क्षेत्रलाई सक्षम बनाउन तथा स्वास्थ्य प्रणालीलाई चुस्त बनाउन नेपाल सरकारलाई मद्दत पुग्नेछ । नेपालमा गरिब तथा विपन्न समुदायका लागि शिक्षा र स्वास्थ्यसम्मको पहुँच जटिल छ ।

योे सहायताबाट बीचमै विद्यालय छाडेका बालबालिकाका लागि विद्यालय फर्कन सक्ने वातावरण बन्ने अपेक्षा गरिएको । त्यस्तै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पनि प्रभावकारी सुधार आउनेमा बैंकले जनाएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रमले बालबालिकाको स्कुल अध्ययनलाई निरन्तरता दिने वातावारण निर्माण गर्ने लक्ष्य राखेको छ । यस्तै स्वास्थ्य क्षेत्रको सहयोगले कोभिड–१९ महामारीको अवस्थामा जटिल रहेको नेपालको स्वास्थ्य प्रणालीलाई सहयोग पु–याउने लक्ष्य छ ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !