अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन खोप एक डोज लगाए पुग्ने

आजभोलि

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत –याण्डी बेरीले आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड–१९ को खोप निःशुल्क उपलब्ध गराउन लागेको बताएका छन् । ट्विटमार्फत् राजदूत बेरीले नेपाल–अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो आफ्नो लागि अत्यन्तै खुशीको क्षण भएको पनि उल्लेख गरेका छन् ।

केही समयदेखि अमेरिकाले एक मात्रा लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप नेपाललाई दिन लागेको बताइएको थियो ।  २ करोड ९६ लाख ६६ हजार ७७२ जनसंख्या भएको नेपालमा कोरोनाभाइरसको कुल संख्या ६ लाख ५२ हजार ८५९ जना छन् । २०७८, असार २६ गते बिहानसम्ममा संक्रमण निको हुनेको संख्या ६ लाख १६ हजार ९२९ जना छन् भने संक्रमणबाट मृत्यु हुनेमा ९ हजार ३४० जना छन् ।

यसैबीच त्रिशूली जिल्ला अस्पतालले शुक्रबार विज्ञप्ती जारी गर्दै पीसीआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको मध्ये एक नमूनामा डेल्टा प्लस भेरियन्ट भेटिएको जनाएको छ ।  अस्पतालमा मेडिकल प्रमुख डा. दीपेन्द्र पाण्डेले डेल्टा प्लस भेरियन्ट पहिलेका भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत बढी संक्रामक रहेको जानकारी दिँदै सजग रहन आग्रह गरेका छन् ।

यसैबिच जिल्ला प्रशासन कार्यालयले नुवाकोटले एक साताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । तर अमेरिकाले उपलब्ध गराउने खोपको परिमाण हालसम्म खुलाइएको थिएन । दुई साताअघि सरकारले गठन गरेको विज्ञ समितिका संयोजकले नेपालले कम्तीमा ६ लाख जोनसन एन्ड जोनसनको खोप प्राप्त गर्न लागेको सार्वजनिक रुपमा बताएका थिए । नेपालले चीनबाट दुई हप्ताको अवधिमा “ठूलो परिमाणमा“ खोप भित्र्याउने क्रममा शुक्रबार पहिलो खेप खोप ल्याएको छ ।

चीनको सिनोफार्म कम्पनीसँग गरिएको खरिद सम्झौता अनुरूप ४० लाख मात्रा कोभिड खोपमध्ये आठ लाख मात्रा हिजो ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको विवरण अनुसार अहिलेसम्म नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको संख्या शुक्रवारसम्म नौ लाख ६४ हजार ५०८ पुगेको छ । नेपालमा कोभिशिल्ड र भेरोसेल खोप मात्र वितरणमा आएका छन् । कोभिशिल्डको पहिलो मात्रा लगाएका झण्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

 

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !