नयाँ म्युजिक भिडियो ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक

आजभोलि

काठमाडौँ । गायक बेदु सारु मगरको नयाँ म्युजिक भिडियो ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक भएको छ । सेण्टिमेण्टल भर्सनमा ल्याइएको यो गीतमा प्रेमपछिको वेदनालाई प्रस्तुत गर्न खोजिएको छ । यो सेण्टिमेन्टल गीत गायक मगर र दिनेश सुवेदीले सयुक्त रुपमा लेखेका हुन् । गीतमा गायक मगरकै संगीत रहेको छ । दिक्षीत पौडेलले गीतलाई संगीत संयोजन गरेका छन् ।

प्रेम जोडी बीचको बिछोडको कथा समेटिएको नयाँ म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र रोशनी कार्की फिचर्ड छन् । भिडियोलाई पवन सुस्लिङ्गले छायांकन र सम्पादन गरेका हुन् । सिता पोख्रेल निर्मात्री रहेको यस भिडियोलाई स्वोर्निम थापाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।

गायक मगरको आधिकारिक च्यानल ‘बेदु सारु मगर’ मार्फत भिडियो सार्वजनिक गरिएको छ । भोइस अफ टिनको उपाधि समेत हात पारिसकेका गायक मगरले यसअघि ‘डोली पियारी’, ’तिमी नै त हौ’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । गायक मगरले भर्खरै सार्वजनिक नयाँ भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया आइरहेको बताएका छन् ।

 

 

 

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !