कामनपा २९, युवा क्लबहरु र हाम्रो टिम नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

आजभोलि

काठमाडौं । कोरोना महामारीका कारण ब्लड बैंकमा रगतको अभाव भइरहेको छ । त्यो अभावलाई टेवा पु-याउनको लागि काठमाडौं महानगरपालिका वडा नं. २९ अनामनगरमा रक्त दान कार्यक्रमको आयोजना गरियो । कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं. २९ का अध्यक्ष र सदस्यहरुको सक्रियतामा त्रिवेणी युवा क्लब, शिखर युवा क्लब, कालिकामहावीर स्पोस्र्टस क्लब र हाम्रो टिम नेपालको संयुक्त आयोजना सम्पन्न भएको हो ।

कार्यक्रममा उत्साहजनक रुपमा रक्तदान गर्ने दाताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा १ सय १२ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम असार २६ शनिबार सम्पन्न भएको त्रिवेणी युवा क्लबका अध्यक्ष विन्देश्वर खनालले बताए । कार्यक्रममा कामनपा २९ का वडा अध्यक्ष कुशकुमार ढकाल, वडा सदस्य अर्जुबहादुर श्रेष्ठ, हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्त, आयोजक विभिन्न युवा क्लबका प्रतिनिधिहरु, समाज सेवी, बुद्धिजिवी, व्यवसायी र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !