कोभिड १९ जित्न सबैको सहयोग र योगदानको खाँचो : गृमन्त्री खाँण

आजभोलि

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकुष्ण खाँणले कोभिड १९ जित्न सबैको सहयोग र योगदानको उत्तिकै खाँचो रहेकोमा जोड दिएका छन् । आज सिंहदरबारमा पदवहाली गरेर सञ्चारकर्मीसँग गृहमन्त्री खाँणले उक्त कुरा बताएका हुन् । खाँणे अहिले विश्व कोरोना महामारीमाले आक्रन्त छ । त्यो ममहामारीको सामना नेपालले पनि गरिरहेकाले त्यसलाई परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो रहेको औल्याएका छन् ।

उनले कोभिड–१९ को महामारीका क्रममा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायत अग्रभागमा रहेर ठूलो भूमिका निभाएको ठोकुवा गरे । त्यस्तै उनले कोभिड–१९ प्रतिकार्यमा खटिने जुनसुकै क्षेत्रका नागरिकको जीवनरक्षा गर्नु राज्यको दायित्व रहेको भन्दै आवश्यक ठाउँमा बजेट व्यवस्थापन र खर्च तथा उपचार गर्न सरका प्रतिवद्ध रहेको धारणा व्यक्त गरे ।

त्यस्तै, उनले संवैधानिक व्यवस्थाअनुरुप कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गरी बनेका कानुनहरुलाई कार्यान्वयन गर्ने भूमिकामा सम्बद्ध निकायले सक्रियताका साथ मिलेर अघि बढ्नुपर्ने बताए । पदबहालीसँगै गृहमन्त्री खाँणले पूर्वी नवलपरासी जिल्ला विपद् व्यवस्थापन कोषमा त्यहाँबाट माग भएको रकम पठाउने फाइल पनि सदर गर्न भ्याए ।

मुलुकका ७७ जिल्लाका विपद् व्यवस्थापन कोषमा आवश्यकताअनुसार रकम उपलब्ध हुने गर्दछ । त्यसअघि मन्त्री खाँणलाई सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीलगायतले स्वागत गरेका थिए ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !