कोरोना कहरले अहिलेसम्म २८ हल बन्द

आजभोलि

काठमाडौं । कोरोना महामारीका कारण नेपालको मनोरञ्जन क्षेत्र ठप्प भएको छ । डेढ वर्षदेखिको महामारीले नेपाली चलचित्र क्षेत्र अहिले निकै थप्प भएको छ । यतिबेला हजारौं चलचित्रकर्मी बेरोजगार बनेका छन् । चलचित्र क्षेत्र निष्क्रिय छ । नयाँ सिनेमा अपवादबाहेक बन्न छाडेका छन् । आगामी दिनमा कस्तो महामारी बढ्ने हो भनेर निर्माता निर्देशक ‘पर्ख र हेर’ को अवस्थामा छन् ।

सिनेमा बन्न छाडेपछि सञ्चालन गर्न नसकिने भन्दै धमाधम सिनेमा हलहरु बन्द हुँदैछन् । लकडाउनको अवधिमा मात्रै काठमाडौं उपत्यकाका नौसहित देशभरका २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । काठमाडौंको हात्तीसारस्थित जयनेपाल, कमलपोखरीस्थित कुमारी हल, जमलस्थित विश्वज्योति, चावहिलको गोपीकृष्ण सिनेमा हल बन्द भइसकेका छन् ।

विश्वज्योति र गोपीकृष्ण हलको त भवन नै भत्काइएको छ । काठमाडौं उपत्यकाकै चर्चितमध्येको एक गोपीकृष्ण हल भत्काएर सपिङ मल बनाइँदै छ । बालाजुको गंगा चलचित्र मन्दिर पनि बन्द भएको छ । घाटा थेग्न नसकेपछि बन्द गर्नुपरेको सञ्चालकको भनाइ छ ।

यसरी धमाधम सिनेमा हल बन्द हुँदै जाँदा दुई अर्बभन्दा बढी लगानीको क्षेत्र धराशयी हुँदै छ । यसले ठूलो जनशक्ति बरोजगार हुने र कलाकार पनि पलायन हुनुपर्ने अवस्था बनेको छ । त्यसैले अहिले सिनेमाका चर्चित कलाकारहरू अर्कै पेसा व्यवसायमा हात हाल्न लागेका छन् । कलाकार निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले चिया पसलमा लगानी गरेका छन् ।

उनीहरूसँगै संजोग कोइराला र वर्षा राउत पनि सोही व्यवसायमा छन् । हास्यकलाकार केदार घिमिरेले बुद्धनगरमा क्याफे र बैंक्वेटमा लगानी गरेका छन् । निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईले कुमारीपाटीमा नयाँ व्यवसाय सञ्चालन गरेका छन् ।

  • २ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !