खोप लगाउनेलाई प्रतिव्यक्ति सय डलर दिन राज्यहरूलाई राष्ट्रपति बाइडनको आह्वान

आजभोलि

वाशिङटन । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा कमी देखिएको छ । उक्त खोप सम्बोधन गर्नका लागि खोपमा कडाई ल्याउनका लागि सबैले खोप लगाओस् भनेर राष्ट्रपतिद्धारा आह्वान रहेको छ ।

यसले गर्दा खोपमा कडाई हुने उनले बताएका छन् । अमेरिकामा संघीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो । संघीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन् । बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्ने छ ।

परिक्षणको सामना र अनिार्य मास्क लगाउनु जरुरी उनले बताए । आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसंख्याले मात्र खोपको पूरा मात्रा लिएका छन् । बिहीवार ह्वाइट हाउसमा बोल्दै बाइडनले बढी संक्रामक डेल्टा भेरिअन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताए ।

बाइडनले पहिले नै खोप लगाइसकेका अमेरिकीहरूका लागि न्यायसंगत जस्तो नदेखिए पनि सबैका हितका लागि नगद प्रोत्साहन दिने घोषणा गरिएको बताए। उनले भने, ‘यदि हामीमाझ धेरैभन्दा धेरै खोप लगाएका व्यक्तिहरू भए भने हामी सबैलाई राहत हुनेछ ।

’ अमेरिकी राज्यहरूलाई खोप लगाउने नयाँ व्यक्तिहरूलाई अब प्रतिव्यक्ति एक सय डलर दिन उनले आह्वान गरेका छन् । उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गत रहेको १.९ ट्रिलियनको कोषबाट प्रयोग गर्न सक्नेछन् ।

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !