गायक दुर्गेश थापामाथि देशव्यापी बहिस्कार

आजभोलि

काठमाडौं । लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ । साथै प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने संस्थाको आईतबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्णय गरेको हो ।

दुर्गेशले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए । गीत सार्वजनिक गर्नु अघि लोक तथा दोहोरीगीत प्रतिष्ठानले ‘ख्यास्स पुतली’ शब्दमा आपत्ति जनाएको थियो।

प्रतिष्ठानले सो गीत तीजको मर्म विपरित रहेको र यसले नेपाली कला संस्कृतिमाथि प्रहार गर्ने भन्दै यसमा समावेस गरिएका शब्दहरु फेरबदल गरी प्रस्तुत हुन आग्रह गर्दै थापालाई पत्र नै काटेको थियो । आफूहरुको आग्रहलाइ बेवास्ता गरि गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानको आजीवन सदस्यबाट निलम्वन गर्ने, सेवा सुविधाबाट बन्चित गर्ने, प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने, प्रतिष्ठानका कुनैपनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने, मेला–महोत्सवमा नबोलाउन समेत प्रतिष्ठानका जिल्ला शाखा एवं आयोजकहरुलाइ आग्रह गर्ने जस्ता निर्णय गरेको जानकारी दिएका छन् ।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !