भुटानबाट तीन लाख डोज खोप नेपाल आइपुग्यो

आजभोलि

काठमाडौं । भुटानले अनुदानमा दिएको एस्ट्राजेनेकाको तीन लाख डोज खोप नेपाल आइपुगेको छ । भुटानको थिम्पुबाट तीन लाख खोप बोकेर उडेको ड्रुक एयरलाइन्सको जहाज केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेको हो ।

भुटानले आफ्ना नागरिकलाई पूर्ण खोप लगाइसकेपछि बाँकी खोप नेपाललाई अनुदान सहयोग गरेको हो । भुटानको जनसंख्या आठ लाख छ । भुटानले दिएको खोप यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई लगाइने सरकारले जनाएको छ ।

यसैगरी, भोलि शनिबार जापानबाट एस्ट्राजेनेकाको आठ लाख डोज खोप नेपाल आउँदैछ । जापानले नेपाललाई उपलब्ध गराउने भनेको १६ लाख डोजमध्ये पहिलो खेप शनिबार र दोस्रो खेप आइतबार नेपाल आइपुग्ने छ ।

जापान र भुटानले दिएको १९ लाख डोज एस्ट्राजेनेकाको खोप आएपछि १३ लाख जेष्ठ नागरिकलाई आगामी साताबाटै लगाइने भएको छ ।

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !