बाढीपहिराको क्षतिको प्रतिवेदन बुझाइयो

आजभोलि

मनाङ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले सिँचाइ तथा खानेपानीमा ठूलो मात्रामा क्षति पु¥याएको छ । बाढीपहिराले पु¥याएको क्षतिको विवरण सङ्कलन गरी प्रतिवेदन तयार पारिएको छ ।

सङ्कलित क्षतिको विवरण सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले प्रतिवेदन तयार पारेको हो । बाढीपहिराले क्षति पु¥याएको साढे दुई महिना पुग्न लाग्दा प्रतिवेदन तयार भएको छ ।

डिभिजनले बाढीपहिराको कारण क्षतिग्रस्त सिँचाइ तथा खानेपानीको संरचना पुनःनिर्माणको वास्तविक लागत अनुमान तयार गर्नाका साथै सिँचाइको सम्भावनासहित तयार गरेको प्रतिवेदन बुझाएको छ । सिँचाइ डिभिजनले तयार पारेको प्रतिवेदन ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशलाई बुझाएको डिभिजन प्रमुख ढाकाराम आचार्यले जानकारी दिए ।

“एक दिनको बाढीपहिराले धेरै क्षति पु¥यायो, तर विवरण सङ्कलन तथा सम्भाव्यता अध्ययनका लागि लामो समय लाग्यो ।” गत असार १ गतेपछि पनि वर्षा हुन कम नहुँदा बाढी आउने क्रम जारी रह्यो ।

मनसुन वर्षा रोकिएपछि मस्र्याङ्दी नदीमा बाढी आइरहँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । सिँचाइ तथा खानेपानीका मुहान तथा भौतिक संरचनाको नदी कटानबाट बचाउन र चालू आर्थिक वर्षमा उपलब्ध बजेटको सीमाभित्र रही अल्पकालीन तथा दीर्घकालीन सम्भाव्यता समाधानका लागि सम्बोधन गराउने प्रयत्नमा रहेको उनले बताए ।

बाढीपहिराबाट बढी प्रभावित क्षेत्र नासों गाउँपालिकाका तालबजार, सिरान ताल, खोत्रो, धारापानी, थोचें, बगरछाप, दानाक्यू, चामे गाउँपालिकाको तिमाङ, थान्चोक, कोतो, चामे बजार र ङिस्याङ गाउँपालिकाको भ्राताङ, पिसाङसम्मका बस्ती, विद्यालय, सार्वजनिकस्थल, पूर्वाधारका संरचनालगायतका खानेपानी, सिंचाइको क्षतिको पहिचान र पुनःस्थापनाका लागि अल्पकालीन तथा दीर्घकालीन उपायसहित प्रतिवेदन तयार पारिएको छ ।

ऊर्जातर्फ बाढीपहिराले नासों गाउँपालिकाअन्तर्गत डोना खोला लघुजलविद्युत् आयोजना धारापानी, ग्वा खोला लघुजलविद्युत् आयोजना तिल्चे, सदरमुकाम चामे गाउँपालिकाको स्यार्कु खोला लघुजलविद्युत आयोजना, चामे लघुजलविद्युत् आयोजना र ङिस्याङ गाउँपालिकाअन्तर्गत सब्जे खोला लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

नासों र चामेको लघुजलविद्युत् आयोजनामा पूर्ण क्षति पुगेको छ भने ङिस्याङको लघुजलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । नदी र खोला किनारमा रहेकाले बाढीको कटानले पावर हाउस, इन्टेक, फोर वे पूर्णरुपमा क्षति भएको छ ।

भरखर मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपाल विद्युत् प्राधिकरण मनाङको जनताका लागि आधारभूत ऊर्जाको स्रोत नै लघुजलविद्युत् रहेको हुँदा मन्त्रालयबाट ऊर्जासम्बन्धी विज्ञको टोली तुरुन्त उक्त क्षेत्रमा परिचालित गरी लागत र सम्भाव्यता अध्ययन गरिएको तथा सोही बमोजिम सुचारु गर्ने तयारी भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

खानेपानीतर्फ नासों गाउँपालिकाअन्तर्गतको थोंचे खानेपानी आयोजना, घेलान्चोक ओडार खानेपानी आयोजना, धारापानी खानेपानी आयोजना र नाचे खानेपानी आयोजना, चामे गाउँपालिकाअन्तर्गत थान्चोक खानेपानी आयोजना, वृहत चामे खानेपानी आयोजनामा क्षति पुगेर मर्मत तथा पुनःनिर्माण गर्नुपर्ने अवस्थामा रहेको प्रतिवेदनमा जनाइएको छ ।

ङिस्याङ गाउँपालिकाअन्तर्गत पिसाङ खानेपानी आयोजना, घ्यारु खानेपानी आयोजना, खाङ्सार खानेपानी आयोजना र ढिकुरपोखरी खानेपानी आयोजना पूर्ण क्षति भएको छ । त्यस्तै सिँचाइतर्फ खाङ्सार सिँचाइ योजना, ताचै सिँचाइ योजना, क्युपार सिँचाइ योजना, भ्राताङ सिँचाइ योजना, सब्जे र क्युबेँशी सिँचाइ योजनामा बाढीले क्षति पुगेको जनाएको छ । यी योजनाको मर्मत तथा सम्भार पुनःनिर्माणका लागि मन्त्रालयलाई जानकारी गराइ आग्रह गरिएको छ ।

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !