‘ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्ण’ : गुरुङ

आजभोलि

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकोे छ ।

प्रदेश प्रमुख गुरुङले आज शुभकामना सन्देश व्यक्त गर्दै ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्मोत्सवका दिन मनाइने यो पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामनासहित शुभकामना व्यक्त गरेको हो ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त समाजलाई एकताको सुत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न श्रीकृष्ण जन्माष्टमी पर्वले सहयोग पु¥याउने उहाँले विश्वास व्यक्त गरेकोे छ ।

मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको सत्सङ्कल्प, सद्भाव, सद्विचार र सत्कर्मका माध्यमबाट चीरकाल पर्यन्त अक्षुण्ण राख्न सकिने शुभकामना सन्देशमा उल्लेख छ ।
–––

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !