भारतमा एकैदिन एक करोड ९ लाखलाई खोप लगाएर नयाँ रेकर्ड कायम

आजभोलि

काठमाडौं । कोरोना भाइरसको विरुद्ध खोप लगाएर भारतले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार १ करोड ९ लाखलाई खोप लगाएर नयाँ रेकर्ड कायम गरेको हो । केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाका अनुसार २४ घण्टामै १ करोड ८ लाख ८३ हजार ९६३ जनाले खोप लगाइएको छ ।

२०७८, भदौ १५ गते साँझसम्म ६५ करोड डोज खोप लगाइए सकेको छ । २७, अगष्टमा १ करोड ३ लाख खोप लगाइएको छ । त्यसै दिन उत्तर प्रदेश २९ लाख ६२ हजार, कर्नाटकमा ११ लाख ३ हजार, महाराष्ट्रमा ९ लाख ८९ हजार, हरियाणामा ६ लाख ११ हजार र पश्चिम बंगालमा ५ लाख ५३ हजार जनालाई खोप लगाइएको थियो ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (३१, अगष्ट) मा १३ लाख ९४ हजार ५७३ जनाको नमुना परीक्षण गर्दा ४३ हजार ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

३०, अगष्टमा १५ लाख ३ हजार ५९६ जनाको परीक्षण गर्दा ३० हजार २५१ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (३१, अगष्ट) मा कोरोना भाइरसको संक्रमणबाट ४६२ जनाको निधन भएको छ । ३०, अगष्टमा कोरोना भाइरसको संक्रमणबाट २०५ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार भदौ १६ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड २८ लाख १० हजार ८८४ जना छन् । २०७८, भदौ १६ गतेसम्ममा भारतले ५२ करोड १५ लाख ४१ हजार ९८ जनाको नमुना परीक्षण गरिसकेको छ ।

२०७८, भदौ १६ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड १९ लाख ८६ हजार १५८ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ८५ हजार ६७२ जना छन् ।

पछिल्लो २४ घण्टा (मंगलबार) मा ३३ हजार ९४५ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, भदौ १६ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ३९ हजार ५४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !