बाँकेमा बाघ आतङ्क

आजभोलि

बाँके । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित हुन पुगेका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताए ।

उहाँका अनुसार अहिले बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने डरले त्रसित अवस्थामा छन् । स्थानीय बासिन्दाले दिउँसै बाघ गाउँ नजिकै राजमार्गमा ओहोरदोहोर गरिरहेकाले दैनिक काम गर्नसमेत नसकेको अवस्था छ । गत आइतबार ४५ वर्षीय एक पुरुषलाई महेन्द्रराजमार्गअन्तर्गत पर्ने गाभर नजिकै सडकबाट तानेर दुई पाटेबाघले खाएका थिए । मान्छे खानु दुई दिनअघिदेखि नै गाभर सडकको वरपर दुई बाघ घुमिरहेको पाइएको स्थानीयवासी कुमार खड्काले बताए ।

सोमबार छ पटकसम्म राजमार्गको वरपर देखापरेका ती दुईवटै बाघ मङ्गलबार फेरि मान्छे खाएको घटनास्थल नजिकै राजमार्गमा देखापरेको खड्काले जानकारी दिनुभयो । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले थप कुनै घटना हुन नदिन बाघ देखिएको क्षेत्रमा दुई घरपालुवा हात्ती र ठूलो सङ्ख्यामा सेना परिचालन गरिएको जानकारी दिए ।

ती दुई बाघ भर्खर माउबाट छुट्टिएको हुनसक्ने जानकारी दिँदै प्रमुख संरक्षण अधिकृत साहले स्थानीय जनतालाई बाघको भय र त्रासबाट बचाउन निकुञ्ज लागिरहेको जानकारी दिए । अधिकृत साहका अनुसार बाघलाई नियन्त्रणमा लिन निकञ्जबाट प्राविधिक टोली पनि आइसकेको छ ।

अहिले हात्ती प्रयोग गरेर बाघलाई गाउँ नजिक आउन नदिने र उसको प्राकृतिक बासस्थानतिर धपाउने काम भइरहेको छ । मान्छे खाएको ठाउँ र अन्य दुई स्थानमा सेन्सर क्यामेरा जडान गरिएको छ । आइतबार गाभरमा अन्दाजी ४५ वर्षीय एक पुरुषलाई बाघले खाएपछि यतिबेला सो क्षेत्रमा डर, त्रास फैलिएको छ । राजमार्गमै बाघको आङ्तक फैलिएपछि जिल्ला प्रशासन कार्यालयलेले पूर्वपश्चिम राजमार्गमा रात्रिकालीन समयमा साना सवारी सञ्चालनमा रोक लगाएको छ ।

  • ३० भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !