एम्बुलेन्सको ठक्करबाट मृत्यु

आजभोलि

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठक्करबाट आज मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको म १ च २८८ नं को एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिएको हो ।

एम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानलेले बताए ।

एम्बुलेन्सका चालक भीमदत्त नगरपालिका– १६ का अन्दाजी ४० वर्षीय गणेश विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको गुलरिया क्षेत्रमा सडक अवरुद्ध गरेका थिए । अहिले अवरुद्ध सडक चलिसकेको छ ।

  • ३० भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !