आमा छोराको निशुल्क उपचार

आजभोलि

धनगढी । बाजुराको मुक्तिकोट १ की भावना कामी र उनका नौ महिने छोरा सुमित कामीको निसर्ग हस्पिटलले निशुल्क उपचार गरेको छ । आमालाई रक्तश्राव हुने र छोरालाई निमोनियाको समस्या भएकाले अस्पतालमा उपचार गरिएको हो ।

धनगढीमा रहेको सुदूरपश्चिमकै सुविधासम्पन्न अस्पतालमा शुक्रबार भर्ना भएका २४ बर्षीया भावना कामी र उनका नौ महिने छोरा सुमित कामीको निशुल्क उपचार गरिएको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए ।

‘पहिरोले घर पनि लगेपछि छिमेकीको गाई गोठमा बसिरहेका छौँ,’ भावनाका श्रीमान उज्वल कामीले भने, ‘यहीबेला आमा छोरा बिरामी भए ।’ घरखर्च चलाउन पनि निकै मुस्किल भएका उनीहरुको असार ६ गते आएको पहिरोले घर पनि पुरिदिएको थियो ।

आमालाई छिनछिनमा रक्तस्राव हुने र बच्चालाई निमोनियाको समस्या देखिएको थियो । निमोनियाले ग्रसित बालकलाई अक्सिज दिएर उपचार गर्नुपरेको थियो भने आमालाई डाक्टरको विशेष निगरानीमा उपचार गरेर सन्चो पारिएको अध्यक्ष पन्तले बताए ।

अस्पतालले निशुल्क उपचार गरेर ठूलो गुन लगाएको उज्वलले बताए । उनले भने, ‘मेरो आर्थिक अवस्थाले त म उनीहरुलाई जोगाउनै सक्ने थिएन। अस्पतालले मेरो जहान परिवारको ज्यान जोगाइदियो ।’

  • ३१ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !