घर्तीको उपचारमा  सहयोग

आजभोलि

काठमाडौं । बागलुङ जिल्ला केही वर्षअघि वैदेशिक रोजगारीमा क्रममा लडेर टाउकोमा गम्भीर चोट लागेपछि नियमित उपचारमा रहेका पोषबहादुर घर्तीलाई आर्थिक सहयोग गरिएको छ ।

ताराखोला गाउँपालिका–५ का ४५ वर्षीय घर्तीको उपचारमा स्थानीय नवसिर्जना र असारे युवा क्लब मिलेर रु १२ लाख ४३ हजार ५५५ आर्थिक सहायता जुटाएका हुन् । सो रकम वडाध्यक्ष रामबहादुर रोकालगायतको उपस्थितिमा शनिबार घर्तीकी धर्मपत्नी छलमायालाई हस्तान्तरण गरिएको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र निउरेले बताए ।

घर्तीको टाउकाको नसामा समस्या देखिएपछि दुई पटकसम्म जटिल शल्यक्रिया गरिएको र थप उपचारका लागि परिवारजनले आर्थिक सहयोगको याचना गरेपछि अभियान चलाइएको थियो ।

घर्तीको उपचारका लागि देश विदेशमा रहेका ताराखोलावासीबाट सहयोग उठेको क्लबका अध्यक्ष निउरेले बताए । पहिलो चरणमा सङ्कलित रकम हस्तान्तरण गरिए पनि इच्छुक व्यक्तिबाट थप सहयोग जुटाइने उनको भनाइ छ ।

घर्तीको अहिले पोखरास्थित फेवा सिटी अस्पतालमा उपचार भइरहेको छ । वडाध्यक्ष रोकाले गाउँमा स्थापित क्लबहरुले मानवीय सेवाका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले खेलकुद र मनोरञ्जनका क्षेत्रमा मात्र क्लब सीमित हुन नहुने धारणा राखे ।

देश विदेशबाट गरी ३०० बढीले घर्तीको उपचारका लागि आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष न्यूरेले जानकारी दिनुभयो । प्रतिव्यक्ति न्यूनतम रु एक सयदेखि रु ५० हजारसम्म र केही संस्थागत सहयोग पनि प्राप्त भएको उनकोे भनाइ छ ।

 

  • १८ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !