अभिनेत्री साम्राज्ञी पनि म्युजिक भिडियोमा

आजभोलि

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह एउटा म्युजिक भिडियोमा देखिएकी छन् । म्युजिक भिडियोमा अभिनय नगर्ने बताउँदै आएकी साम्राज्ञी अन्ततः भिडियोमा काम गर्न बाध्य भएकी छन् ।

उनी अभिनीत ‘माया पिरेम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा साम्राज्ञीसँग अर्की मोडल अलिशा शर्माले पनि अभिनय गरेकी छन् ।

कोरोना महामारीसँगै फिल्म क्षेत्र थलिएपछि धेरै कलाकार बेरोजगार भएका छन् । अन्य क्षेत्र सामान्य अवस्थामा आइसकेको भएपनि फिल्म क्षेत्र अझै चल्मलाउन सकेको छैन । यसैबेला कुनै समय म्युजिक भिडियो भन्नेवित्तिकै तर्किनेहरुसमेत धमाधम भिडियोमा देखिन थालेका छन् ।

केही दिनअघि मात्र अभिनेता अनमोल केसी एउटा म्युजिक भिडियोमा देखिएका थिए । यसअघि अनमोलले पनि म्युजिक भिडियो नगर्ने बताउँदै आएका थिए ।

यस्तै, अहिले साम्राज्ञीले ‘माया पिरेम’ बोलको गीतमा कम्मर मर्काएकी छन् । ट्री एन्टरटेन्मेन्टको प्रस्तुति रहेको उक्त गीतलाई विश्व नेपाली र अस्मिता परियारले गाएका हुन् । डीपी खनालको शब्द र शंकर स्माइलले संगीत गरेको उक्त गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !