निहित स्वार्थमा सति गएका शतिसाल भनिएका ढोडका तक्माहरु

यज्ञ प्रसाद भट्टराई

नेपाली कांग्रेसको चौधौ महाधिबेशन सम्पन्न भैसकेको छ । नेपाली कांग्रेस भित्रको एउटा शशक्त समूह यसपटक पार्टी भित्र नेतृत्व परिवर्तनको मुद्धा बोकेर महाधिबेशनमा होमियो । बिगत बर्षहरु देखिनै बर्तमान सभापति देउवा नेतृत्वबाट पार्टीले कुनै गतिलो काम गर्न नसकेको र यहि अनुहार लिएर फेरी पनि भोटमाग्न जानै नसकिने सम्मका अभिब्यक्तिहरु केन्द्रिय तहकै नेताहरुबाट समेत बिच सडकमा नपोखिएका होईनन् तर यस्ता बकम्फुसे हावादारी गफलाई उनिहरुकै गतिबिधिहरुले तासको घरमा परिणत गरिदियो । पार्टी भित्र नेता तथा कार्यकर्ताहरुको केहि सहानुभूति प्राप्त गर्न सकिन्छ कि भनेर परिवर्तनको झुठो मुद्धा उठाएर परिवर्तनको दुहाई दियो तर अन्तिममा भने लुरुक्क उहि ओढारमा घुश्रिएर क्रान्तिकारी भनिने लाचार नेतृत्वले यसपटक पनि परिवर्तनको मुद्धालाई नितान्त ब्यक्तिगत लाभका लागि तुहाईदियो ।

बिगत बर्षहरु देखिनै डा। शेखरले एउटा बिकल्पको नेतृत्व दिन सक्छु र पार्टीलाई एकताबद्ध बनाएर लैजान सक्छु भनेर देशब्यापी दौडाहा गरी आम नेता तथा कार्यकर्ताहरुको चाहना र पार्टी संगठनमा नेतृत्व परिवर्तनको आवश्यकता महशुस गराई सकेका थिए । पटक पटक प्रयोगमा आएर नेपाली जनताको भन्दा नितान्त आफ्नो मात्र स्वार्थ पूर्ति गर्ने नेताहरुका बिरुद्धमा आम नेपाली जनताको पक्षमा निस्वार्थ रुपमा काम गर्न सक्ने कांग्रेस बनाउने नेपाली जनताको चाहनालाई बुझेका डा। शेखरले जीवनको उत्तराद्धमा पार्टीलाई निष्कलंक र सवल बनाउने चाहना समेत राखेका थिए । तर यसपटक पनि उहि स्वार्थ प्रेरित उपयोग गरिसकिएको नेतृत्वलाई निरन्तरता दिनुपर्ने अवस्था सृजना हुन पुग्यो । यसलाई अरु केहि नभनौ यत्ति भनौं नेपाली कांग्रेस भित्रको पविर्तनको मुद्धा केहि समयका लागि किनारा लाग्यो ।

अहिले नेपाली जनताले चाहेको मुख्य मुद्धा भनेको भ्रष्टाचारको अन्त्य र शुसासन नै हो । आफ्नै छोरोबाट बाबु ठगिनु पर्ने कहालिलाग्दा भ्रष्टाचारको जरो यति तलसम्म फैलिएको छ कि त्यसलाई निर्मुल नगर्ने हो भने अबको नेपाल कस्तो होला रु भनेर कल्पना समेत गर्न नसकिने अवस्थामा पुगिसकेको छ । जनताका प्रतिनिधिहरु समेत अहिले आएर प्रतिशतमा कमिशन खोज्न थाल्ने कस्तो परिपार्टीको बिकास हामीले गरेछौं रु भनेर प्रश्न गर्नु स्वयं जनप्रतिनिधिहरु नै लजाउनु पर्ने अवस्था देखिएको बर्तमान अवस्थामा डा। शेखरले मुख्य मुद्धाका रुपमा भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धताका साथ आफुलाई सभापतिको उम्मेद्धवारका रुपमा प्रस्तुत गरेका थिए । उनको एउटै कथन थियो भ्रष्टाचारको जरो नउखेली नेपाली जनताको समस्याको रुपमा रहेको गरिवीको उपचार हुनै सक्दैन । तर त्यहि भ्रष्टाचारको दलदलमा रमाउन उद्धत नेपाली कांग्रेसको नेतृत्वले डा। शेखरको यो मुद्धालाई समेत किनारा लगाई दिएको छ । मत परिणामले पराजितको कुर्सीमा बसाए पनि डा।शेखरले जनताको भने असाध्यै ठूलो साथ पाए । यसले गर्दा उनलाई नेपाली कांग्रेसको बरियताको बिसौं तहभन्दा पनि जनताको मनको पहिलो स्थानमा उक्लिन सहयोग पुर्यायो ।

सभापतिको जित हाँसिल गरेका सभापति देउवाभन्दा जनताको बिश्वास जितेका डा। शेखरप्रतिको आम नेपाली जनताको अभूतपूर्व सहानुभूतिले उनलाई नेपाली कांग्रेसको आगामी नेतृत्वमा अझ बढी शसक्त र क्रियाशिल बन्न समेत बाध्य बनाई दिएको देखिएको छ । नेपाली जनताको एउटै भनाई रहेको छ ईतिहाँस जनताको मन जितेर लेखिने हो । त्यो जनताको समर्थनवाट देखिने हो । नेपाली कांग्रेसका आम नेता तथा कार्यकर्ताहशरुको अपार मायाँ र साथ अहिले डा. शेखर कोइराला तर्फ मोडिएको छ । आफ्नै समूहबाट एक्लिनु पर्ने अवस्था ब्यहोरेका डा. शेखरले अब रामचन्द्र, शशांक र सुजाताकाभन्दा नेपाली जनताको बिश्वास जितेर भावि सांगठनिक सुधारका कार्यमा लाग्न जरुरी छ । नेपाली काङ्ग्रेसको बरिष्ठ नेतादेखि शेरबहादुर देउवाको कार्यकर्तासम्म बन्न लाज नमान्ने नेताहरुका कारण नै डा। शेखरले जितेको बाजी हारे । त्यसैले अबको अभियान भनेकै निहित स्वार्थमा सति गएका शतिसाल भनिएका ढोडका तक्माहरुलाई पछि पार्दै परिवर्तनको महान अभियानको नेतृत्वका लागि एकताबद्ध बन्न जरुरी छ । ईतिहाँसको कालखण्डमा बरिष्ठ नेताको मान पदवी पाएका रामचन्द्र पौडेल नेपाली कांग्रेस देउवा ईतर पक्षको नेता अब रहेनन् ।

बिगतमा उनका लागि सत्रौपटकसम्म काँध थापेर काँध गलाएकाहरुलाई नै यसपटक रामचन्द्र पौडेलले उपयुक्त समयमा उपयुक्त उपहार प्रदान गरिदिए । यति मात्र भनौं कोईराला परिवारले बिगतमा उनका लागि गरेको अनगिन्ति भरोषा र विश्वास समेत तोडिदिए । ˝भए आफूलाई नभए आफ्नो समूहको कसैलाई पनि होईन˝ भन्ने निहित सोचका कारण अब डा. शेखर कोईरालालाई आफ्नो नेता मान्ने समूहले समेत रामचन्द्र पौडेललाई सहजै नेता स्विकार्ला रुरु भन्ने स्पष्ट आधार पनि देखिदैन । यसका लागि रामचन्द्र पौडेलको आगामी कृयाकलापले नै उनको राजनैतिक भविष्य निर्धारण गर्नेछ । धेरै राजनीतिक बिश्लेषकहरु भन्छन् अब रामचन्द्र पौडेललाई नेपाली कांग्रेसको नेता मान्नुको कुनै अर्थ छैन किनकी उनले आफ्नै पार्टीको महाधिबेशनमा उनले मतदान समेत नगरी बहिस्कार गरिसकेका छन् ।

परिवर्तनको नारा लगाएर नथाक्ने पौडेल उनै देउवाका शरणमा परिसकेका छन् । आफुलाई नभए पनि आफ्ना सन्तान दरसन्तालाई राजनीति साँचिदिने लोभमा रामचन्द्र पौडेलले आफ्नो ५० औं बर्षको निष्ठाको राजनीति समेत दाउमा लगाई दिएका छन् यसबाट चित पल्टिने हो की पोट ? यो भने भविष्यले नै बताउला । हामीलाई पार्टी भित्र ब्यक्तिको जित हार भन्दा पनि सिंगो संगठनको भविष्यको चिन्ता छ । संगठनमा केहि ब्यक्ति त्याग र समर्पणको भावनाबाट अभिप्रेरित भएर आएका हुन्छन् भने केहि ब्यक्तिहरु आफ्नो पेशा ब्यवसाय सुदृढ बनाउनका लागि लालायित भएर आएका हुन्छन् । केहि ब्यक्तिहरु सिंगो संगठनलाई कसरी सबल र सक्षम बनाएर भावि पुस्तालाई हस्तान्तरण गर्ने भनेर भविष्यको चिन्ता बोकेर आएका हुन्छन् ।

यिनै सोच र बिचारबाट उपयुक्त र सहि बिचारको छनौट गरि अबको कांग्रेस कस्तो बनाउने रु कसरी अगाडि बढाउने रु र नेपाली जनताको बिश्वास कसरि जित्ने रु भन्ने कुरामा नै बर्तमान कांग्रेस नेतृत्व दृढ निश्चयि बन्नु आवश्यक देखिन्छ । जनतालाई केन्द्रमा राखेर सबल संगठन निर्माण गर्न सके निकट भबिष्यमा सम्पन्न हुन गैरहेका तिनै तहका निर्वाचनमा नेपाली कांग्रेसले सानदार जित हाँसिल गर्न सक्नेछ ।

  • २० पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !