प्रदेश प्रमुख शेरचनद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अवलोकन

आजभोलि

काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले जनताको स्वास्थ्य र शिक्षासँग जोडिएको प्रतिष्ठानको विकासका लागि पहल गर्ने बताउनुभयो ।

प्रदेश प्रमुख शेरचनले आफू स्वास्थ्यमन्त्री हुँदा अस्पतालको स्तरोन्नतिका लागि निर्णय गरेको बताउनुहँुदै गुरुयोजनाअनुसार बन्ने ४०० शय्याको अस्पतालको भौतिक पूर्वाधार विकासका लागि बजेट प्रदान गर्न केन्द्र र प्रदेश सरकारलाई आग्रह गर्ने बताउनुभयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही शैक्षिक सत्रदेखि सुरु हुने बिएस्सी नर्सिङ, बिएनएस र ब्याचलर अफ फार्मेसी शैक्षिक कार्यक्रममा पठनपाठन सञ्चालन गरिने भएको छ । सोहीअनुरुप ती कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार ९लेक्चर हल, अडिटोरियम हल, फ्याकल्टी रुम, ल्याब, फार्मेसी, पुस्तकालय तथा छात्रावास० र जनशक्तिका बारेमा प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछानेले जानकारी गराउनुभएको थियो ।

सो अवसरमा प्रतिष्ठानका अस्पताल निर्देशक डा प्रज्ञा बस्नेत, मेडिकल डाइरेक्टर डा रमेश कँडेल, डीन डा सागर पन्थी, सहायक निर्देशक डा एन्जिलिका कार्कीलगायतको उपस्थिति थियो ।

  • २७ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !