सुदूरपश्चिमका अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष नियुक्त

आजभोलि

काठमाडौं । सुदूरपश्चिमका विभिन्न अस्पतालमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नियुक्त गरिएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कृष्णनन्द भट्टलाई नियुक्त गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट भट्टलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । अस्पताल व्यवस्थापन समितिको सदस्यमा वीरेन्द्र भट्ट र रघुविर धामी छन् । सुदूरपश्चिम प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीका अनुसार सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह ९निर्मल० र टीकापुर अस्पतालमा झपटबहादुर सोडारीलाई नियुक्त गरिएको छ ।

यसैगरी अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरा अस्पतालको अध्यक्षमा मानबहादुर कार्की, बझाङ अस्पतालमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालको अध्यक्षमा पार्वती भट्टलाई नियुक्त गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुदूरपश्चिमको डोटी अस्पतालबाहेक सबै अस्पतालमा व्यवस्थापन समिति चयन गरेकोे छ ।

  • ४ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !