कात्तिक पहिलो साता फ्लाएर्स फिल्म अवार्ड

आजभोलि

काठमाडौं । फर्स्ट फ्लाएर्स फिल्म अवार्ड (०७९ आगामी ५ कात्तिकमा विराटनगरमा आयोजना गरिने भएको छ ।

यसअघि २४ वैशाखमा हुने घोषणा गरिएको अवार्ड स्थानीय तहको चुनावको कारण स्थगित भएको थियो ।

ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्,मुम्बइको डिजाइनमा गर्न लागेको अवार्डमा २०७६, २०७७ र २०७८ चैत्र भित्र प्रदर्शन भएका नेपाली फिल्महरू सहभागी हुने छन् ।

२३ विधा रहेको अवार्डमा उत्कृष्ट अभिनेता,उत्कृष्ट अभिनेत्री,उत्कृष्ट निर्देशक,उत्कृष्ट फिल्म,उत्कृष्ट संगीतकार,उत्कृष्ट पार्श्व गायक, उत्कृष्ट पार्श्व गायिका,उत्कृष्ट कथा,पटकथालगायत लाइफ टाइम अचिभ्मेन्ट अवार्ड,पब्लिक च्वाइस अभिनेता,अभिनेत्री,जुरी लगायत प्रमुख विधा छन् ।

मोफसलमा समेत नेपाली फिल्मको विकास, विस्तार र उन्नतिको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले बताए ।

अवार्ड कार्यक्रमको प्रमुखमा मुकेश बुढाथोकी, उपप्रमुखमा रवीन थापा, सल्लाहकारमा अनिश सिंह ठकुरी, प्रबन्ध निर्देशकमा चन्द्रप्रकाश राजवंशी (सिपी) , एक्टिभिटिज डाइरेक्टर हरि शिवाकोटी, कार्यक्रम संयोजकमा अशिमा धुतराज, सञ्जु सापकोटा र रविन राजवंशी, व्यवस्थापनमा विमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् ।

अवार्डमा प्रदेश १ का प्रमुख सबै जातजातिको मौलिक संस्कृति, भेषभुषा, संस्कार तथा पहिचान झल्काउने विभिन्न गीत तथा नृत्य २०० बढी कलाकारद्वारा प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ ।

  • २१ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !