बेगखोलामा झोलुङ्गे पुल निर्माण

आजभोलि

काठमाडौं । बर्खामा बाढी आएर आवतजावतनै बन्द हुने म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बेगखोलामा बाढी आउँदा आवतजावत आवरुद्ध हुने र जोखिमपुर्ण यात्रा गर्नुपर्ने समस्या हटाउन झोलुङ्गे पुल बनाइएको हो ।

पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत ८० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको जनाएको छ । कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले २०७८ कात्तिकमा करसहित रु २९ लाख ३८ हजारमा ठेक्का सम्झौता गरेको हिमशिखर कन्ट्रक्सनले पुल निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो ।

सरकारले उपलब्ध गराएको लठ्ठा र बुल्डअफ ग्रिपबाहेक रु ३५ लाख ८३ हजार २५८ लागत अनुमान गरिएको थियो । २०७९ असार १५ गतेभित्र सम्पन्न गर्ने सम्झौता भए पनि करिब एक महिनाअघिनै काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि शिव माझीले बताउनुभयो ।

विसं २०७३ भदौ १७ गतेको बाढीले बेलिब्रिज र झोलुङ्गे पुलसहित बेगखोलामा ११ वटा घर बगाएको थियो । एक जना बेपत्ता भएका थिए । मोटरेबल र झोलङ्गे पुल नहुँदा बर्खायाममा पैदलयात्रु र सवारी साधन जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या थियो ।

यसैगरी सडक विभागको पुल महाशाखाले बेगखोलामा ११ मिटर चौडाइ र ७० मिटर लामो मोटर चल्न पुल निर्माण थालेको छ । पुल निर्माणका लागि विसं २०७८ असार २९ गते बिओकेआइ÷हिमालयन जेभीसँग भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता गरेको थियो । पुलको डिजाइन निर्माण व्यवसायीले आफैँ डिजाइन र निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको हो । विसं २०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । हालसम्म तिप्ल्याङतर्फ र बीचको दुई वटा पिल्लर ठडाइसकेको छ ।

  • २८ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !