बीमा कम्पनीले अभिकर्तालाई वितरण गर्ने कमिशन र इन्सेन्टिभ रकम प्रणालीमा राख्नुपर्ने

आजभोलि

काठमाडौं । अबदेखि बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई वितरण गर्ने गरिएको कमिशन र इन्सेन्टिभ बोनस सफ्टवेयर प्रणालीमा राख्नुपर्ने भएको छ । बीमा समितिले सम्पूर्ण जीवन बीमा कम्पनीहरूलाई अभिकर्तालाई प्रदान गर्ने गरिएको कमिशन र इन्सेन्टिभ बोनस रकमलाई पारदर्शी बनाउन निर्देशन दिएको हो ।

समितिकाअनुसार अबदेखि १९ वटै जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई प्रदान गर्ने गरेको कमिशन र इन्सेन्टिभ रकम आफ्नो सफ्टवेयर प्रणालीमा राख्नुपर्ने उल्लेख छ । साउन १ गतेदेखि कम्पनीहरूले सञ्चालनमा ल्याएको सफ्टवेयर प्रणालीमा नै प्रत्येक बीमा अभिकर्ताहरूको कमिशन तथा इन्सेन्टिभ बोनस स्पष्ट रूपमा देखिने गरी भुक्तानी गर्नुपर्र्नेमिलाउनु पर्ने समितिद्धारा जारी निर्देशनमा उल्लेख छ ।

बीमा नियमावली २०४९ को नियम २३(१) बमोजिम बीमकले बीमा अभिकर्तालाई बीमाशुल्क रकमको आधारमा प्रदान गर्ने कमिशन र सोहि नियमावलीको नियमन २३(२) बमोजिम अतिरिक्त इन्सेन्टिभ बोनस प्रदान गर्दै आइरहेका छन् । आगामी आर्थिक वर्ष २०७९÷८० साउन १ गतेदेखि बीमा कम्पनीले सञ्चालनमा ल्याएको सफ्टवेयर प्रणालीमा निर्देशनअनुसारको भुक्तानी व्यवस्था मिलाउनु पर्ने छ ।

 

  • ६ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !