बाबुरामको पार्टी पद जाने, सांसद पद नजाने

आजभोलि

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको सांसद पद नजाने भएको छ ।

गत शुक्रबार वीरगञ्जमा बसेको उपेन्द्र यादव पक्षधरको बैठकले पार्टीका सम्पूर्ण जिम्मवारीवाट पदमुक्त गरे पनि भट्टराईलगायतको सांसद पद भने जोगिने भएको हो ।

‘बाबुरामजीलाई पार्टीको जिम्मेवारीवाट मुक्त गरिए पनि सांसद पदवाट भने मुक्त गरिएको छैन्, अहिले त्यो दिशामा पार्टी जाँदैन्,’ अध्यक्ष यादवले भने, ‘आत्माआलोचना गरेर फर्केमा उहाँ लगायतलाई पार्टीको जिम्मेवारीमा पुर्नस्थापित गरिनेछ ।’ उनका अनुसार काठमाडौंको जडिबुटीमा भएको भेलालाई भने पार्टीले मान्यता दिनेछैन ।

काठमाडौंमा अलग्गै केन्द्रिय समिति बैठक बोलाएको भन्दै वीरगञ्जमा बसेको केन्द्रिय समिति बैठकले भट्टराई, महेन्द्रराय यादव, हिसिला यमी, दानबहादुर चौधरी, डम्बरबहादुर खतिवडा, गंगानारायण श्रेष्ठ, प्रशान्तसिंहलाई पार्टीको सम्पूर्ण जिम्मेवारीवाट मुक्त गरेको थियो ।

तर, यादव पक्षले पार्टीको जिम्मेवारीबाट मुक्त गरेपछि भट्टराईले भने पार्टी पुर्नगठनको दिशामा जाने सार्वजनिक गरिसकेका छन्।

यता, भट्टराई पक्षलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको बिषय जानकारी गराउनका लागि यादव पक्षधर सम्भवतः आजै निर्वाचन आयोग जानेछ ।

 

  • १ श्रावण २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !