लन्डनमा अत्यधिक गर्मी, धावनमार्ग पग्लिएपछि उडान स्थगित

आजभोलि

लन्डन । लन्डनमा अत्यधिक गर्मी बढेको छ । सोमबार तातो मौसमका कारण धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएका विवरण सार्वजनिक भएका छन् । रोयल एयर फोर्स आरएएफले अक्सफोर्डसायर नजिकैको ब्रिज नोर्टन बेसभित्र र बाहिर उडानहरू स्थगित गरेको छ ।

चरम गर्मीको कारणले रनवे पग्लिरहेको स्काई न्यूजले जनाएको छ ।

सोमबार लन्डनको लुटन विमानस्थलले पनि पनि धावनमार्ग पग्लिएपछि सबै उडानहरू रोकेको थियो । इजीजेट र रायनएयरलगायतका एयरलाइन्सले प्रयोग गर्ने अन्तर्राष्ट्रिय विमानस्थलले गर्मीका कारण उडान स्थगित भएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् ।

लन्डनमा ३८।१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन रेकर्ड भएको छ । मौसमविद्हरूले मंगलबार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन् ।
बन्दका कारण केही विद्यालय बन्द गरिएका छन् । यद्यपि, सरकारले विद्यालय ठप्प नगर्न अनुरोध गरेको छ । तापक्रम बढेपछि मौसम विभागले पहिलोपटक रातो चेतावनी जारी गरेको छ ।

  • ३ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !