कालीबाबाले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

आजभोलि

काठमाडौं।भारतमा बसोबास गर्ने नेपाली मूलका साधु काली बाबाले नेपाल आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।

बुधबार नेपाल आएका काली बाबाले निर्मल निवासमा पुगेर ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन्। नेपालमा राजासहितको हिन्दू राष्ट्रको वकालत गर्ने काली बाबासँगै नेपाल आएका भारतको सत्तारुढ भारतीय जनता पार्टीका केही नेताहरूले पनि ज्ञानेन्द्रलाई भेटेका छन्।

काली बाबाको भारतको राजधानी नयाँदिल्लीस्थित पहाडगन्जमा आश्रम छ। उनी भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग निकट पनि मानिन्छन्।

उनीहरूबीच नेपालको वर्तमान राजनीतिक अवस्था, राजासहितको हिन्दू राष्ट्रलाई जनताले के कसरी लिन्छन् लगायतको विषयमा कुराकानी भएको बताइएको छ।

कालीबाबा यसअघि पनि पटक–पटक नेपाल आएर हिन्दू राष्ट्रमा वकालतसमेत गर्ने गर्छन्। २०७२ साल साउन २८ मा उनी पशुपतिनाथको दर्शन गर्नभन्दै नेपाल आउँदा नेपाललाई हिन्दू राष्ट्र बनाउन कसैले रोक्न नसक्ने अभिव्यक्ति दिएर विवादित पनि बनेका थिए। उनी बुधबार नै पूर्वराजा ज्ञानेन्द्रलाई भेटेर भारत फर्केका छन्।

 

  • २७ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !