जिल बाइडेनलाई पनि कोभिड पोजेटिभ

आजभोलि

वासिंङ्टन । अमेरिकी प्रथम महिला जिल बाइडेनलाई पनि कोभिड पोजेटिभ भएको छ । उनलाई कोभिडको हल्का लक्षणहरू देखा परेको ह्वाइट हाउसले जनाएको छ ।

यसअघि राष्ट्रपति जो बाइडेनलाई पनि कोभिड भएको थियो । राष्ट्रपतिकी ७१ वर्षीया पत्नीले सोमबार नकारात्मक परीक्षण गरिन् तर ‘साँझ अबेरसम्म चिसो जस्तो लक्षणहरू देखा प(यो’ उनका सञ्चार निर्देशक एलिजाबेथ अलेक्ज्याण्डरले एक विज्ञप्तिमा भने ।

एन्टिजेन परीक्षणमा नकारात्मक देखिए पनि विस्तृत पीसीआर परीक्षण सकारात्मक देखिएको अलेक्ज्याण्डरले बताए । प्रथम महिला पाँच दिन आइसोलेसनमा बस्नेछिन् । उनी दुई पटक खोप लगाएके र दुई ओटा बुस्टर डोज लगाएको र हल्का लक्षणहरू देखिएको अलेक्ज्याण्डरले बताए ।

जिल बिडेन दक्षिण क्यारोलिनामा एक निजी निवासमा बसिरहेकी छिन् । लगातार दुई नकारात्मक परीक्षण पछि ह्वाइट हाउस फर्कने तयारी रहेको जनाइएको छ ।

  • १ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !