पूर्व राष्ट्रपति राजापाक्षे अर्को साता श्रीलंका फर्किने

आजभोलि

 

काठमाडौँ । विशाल प्रदर्शनका कारण देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे अर्को साता स्वदेश फर्किने भएका छन् ।

रुसका लागि श्रीलंकाका पूर्व राजदूत तथा राजापाक्षेका नातेदार उदयांग वीरातुंगाले अगस्ट २४ मा राजापाक्षे देश फर्किने स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । राजापाक्षे कार्यकाल बाँकी छँदै राजीनामा दिने पहिलो श्रीलंकाली राष्ट्रपति हुन् ।

उनी सैन्य विमानमा मालदिभ्स भागेका थिए । त्यसपछि केही साता सिंगापुरमा बसेर उनी हाल थाइल्यान्ड पुगेका छन् ।
सिंगापुर पुग्ने बित्तिकै उनले राजीनामा बुझाएका थिए । त्यसयता उनले कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।

उनीपछि राष्ट्रपति बनेका रनिल विक्रमासिंगेले भने एक महिनाअघि राजापाक्षे देश फर्किने बेला नभएको बताएका थिए । ‘यो उहाँ देश फर्किने बेला होजस्तो मलाई लाग्दैन,’ उनले वाल स्ट्रिट जर्नलसँग भनेका थिए । विक्रमासिंगेले संकटकाल नलम्ब्याउने बताएका छन् ।

  • २ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !