स्वीडेनको तटीय क्षेत्रमा ३०० यात्रु बोकेको पानी जहाजमा आगलागी

आजभोलि

स्टकहोम । स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा आगलागी भएको स्वीडेनको सामुद्रिक अधिकारीहरूले बताएका छन् ।

स्वीडेनको समुद्री प्रशासन कार्यालयका प्रवक्ता जोनास फ्रान्जेनले भने, “जहाजको डेकमा आगो लागेको छ, तीन वटा हेलिकप्टर र सातवटा जहाज घटनास्थलमा पठाइएको छ र जहाजलाई खाली गर्ने काम सुरु गरिएको छ ।”

आगलागीबाट तत्काल कुनै क्षति भएको खबर प्राप्त भएको छैन भने आगलागीको कारण भने खुल्न सकेको छैन ।

“आगो नियन्त्रणमा आइसकेको छ,” कार्यालयका अर्का प्रवक्ता लिसा मजोर्निङले बताए ।

स्टेना स्क्यान्डिका नामक उक्त जहाज स्वीडेनको दक्षिणपूर्वी तटमा रहेको गोट्स्का स्यान्डन टापुमा रहेको समय आगलागी भएको थाहा भएको थियो ।

  • १४ भाद्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !