संघमा ४८ र प्रदेशमा २३८ दलले बुझाए समानुपातिक बन्दसूची, कुन प्रदेशबाट कति ?

आजभोलि

काठमाडौं । आउँदो ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फल भाग लिने दलहरुले आफ्ना उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगलाई बुझाएका छन् । सोमबार (३ असोज) मा दलका प्रतिनिधिहरु आयोग पुगेर बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रतिनिधिभसा निर्वाचनका लागि ४८ दलले समानुपातिक सूची बुझाएका छन् । समानुपातिकतर्फको निर्वाचमा भाग लिनका लागि ६८ दलले दलले निवेदन दिएका थिए । तीमध्येबाट ४८ दलले आयोगमा पुगेर बन्दसूची पेस गरेको वाग्लेले जानकारी दिएका छन् । ४८ दलबाट आएका नामबाट ११० जना उम्मेदवारहरु समानुपातिक सांसद बन्ने छन् ।

त्यस्तै, प्रदेशसभातर्फ २३८ दलले बन्दसूची पेस गरेका छन् । सात प्रदेशबाट २३८ दलले समानुपातिकर्फतको बन्दसूची पेश गरेको वाग्लेले जानकारी दिए । प्रदेश(१ मा ३६ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । प्रदेश १ बाट ५५ वटा दलले समानुपातिकर्फतको निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए। प्रदेश १ मा बन्दसूची बुझाएका ३६ दलबाट ३७ जना समानुपातिक सांसद बन्ने छन् ।

त्यस्तै, मधेश प्रदेशमा पनि ३६ वटै दलले बन्दसूची बुझाएका छन् । मधेशमा ५५ दलले समानुपातिकर्फत निर्वाचनमा भाग लिने भन्दै आयोगमा निवेदन दिएका थिए । मधेश प्रदेशमा बन्दसूची बुझाएका ३६ दलबाट ४३ जना समानुपातिक सांसद बन्ने छन् ।
बागमती प्रदेशमा ४१ वटा दलले समानुपातिकर्फतको बन्दसूची बुझाएका छन् । यहाँ ५८ वटा दलले समानुपातिकतर्फको निर्वाचनमा भाग लिन निवेदन दिएका थिए । बन्दसूची बुझाएका ४१ दलबाट मधेश प्रदेशमा ४४ जना समानुपातिक सांसद बन्ने छन् ।

गण्डकी प्रदेशमा ३१ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । गण्डकीबाट समानुपातिक निर्वाचनमा भाग लिनका लागि ५२ वटा दलले निवेदन दिएका थिए । बन्दसूची बुझाएका ३१ मध्येबाट गण्डकीमा २४ जना समानुपातिक सांसद बन्ने छन् ।

लुम्बिनी प्रदेशमा ३२ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । यहाँ ५४ वटा दलले समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिएका थिए । बन्दसूची बुझाएका ३२ दलबाट ३५ जना समानुपातिक उम्मेदवार लुम्बिनी प्रदेशबाट छानिने छन् । त्यस्तै, कर्णाली प्रदेशबाट २८ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । यहाँ ४८ वटा दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन निवेदन दिएका थिए । बन्दसूची बुझाएका २८ दलबाट कणरलीमा १६ जना समाुनपातिक सांसद बन्ने छन् ।

सुदूरपश्चिम प्रदेशबाट ३४ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । यहाँ ५० वटा दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि निवेदन दिएका थिए । बन्दसूची पेश भएका ३४ दलबाट २१ जना समानुपातिक सांसद बन्ने छन् ।

 

  • ४ आश्विन २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !