पर्सामा तीन लाख ४५ हजारमाथि मतदाताले भाग लिने

आजभोलि

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेशसभा निर्वाचनमा पर्सा जिल्लाबाट तीन लाख ४५ हजार ९२८ जना मतदाताले भाग लिने भएका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पुरुष मतदातातर्फ एक लाख ९४ हजार नौ सय चार, महिलातर्फ एक लाख ५१ हजार आठ र तेस्रोलिङ्गीतर्फ १६ जना मतदाता कायम भएका हुन् ।

चार सङ्घीय निर्वाचन क्षेत्र, आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा कुल मतदानस्थल एक सय ६७ र मतदान केन्द्र चार सय १२ वटा कायम भएको निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिए । उनका अनुसार सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदातातर्फ ४४ हजार ९९, महिलातर्फ ३३ हजार पाँच सय ७८ र तेस्रोलिङ्गी दुई गरी ७७ हजार आठ सय ७९ मतदाता छन् । यो क्षेत्रमा ३४ वटा मतदानस्थल र ८८ मतदान केन्द्र छन् ।

यसैगरी क्षेत्र नं २ मा पुरुषतर्फ ४९ हजार ७५, महिलातर्फ ३७ हजार आठ सय ८७ र तेस्रोलिङ्गी चार गरी ८६ हजार नौ सय ६६ मतदाता छन् । यो क्षेत्रमा ३८ मतदानस्थल र एक सय तीन मतदान केन्द्र रहेको सो कार्यालयले जनाएको छ ।

यसैगरी क्षेत्र नं ३ मा पुरुषतर्फ ५१ हजार तीन सय ६६, महिलातर्फ ३९ हजार ६२ र तेस्रोलिङ्गी चार गरी ९० हजार चार सय ३२ मतदाता छन् भने यो निर्वाचन क्षेत्रमा ४७ मतदानस्थल र एक सय नौ मतदान केन्द्र छन् । क्षेत्र नं ४ मा पुरुषतर्फ ५० हजार तीन सय ६४, महिला ४० हजार चार सय ८१ र तेस्रोलिङ्गी छ गरी ९० हजार आठ सय ५१ मतदाता रहेको र ४८ मतदानस्थल र एक सय १२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ । जिल्लामा सबैभन्दा बढी मतदाता क्षेत्र नं ४ मा ९० हजार आठ सय ५१ छन् ।

यसैगरी आठवटा क्षेत्र रहेको प्रदेशसभामा क्षेत्र नं १ को (क)मा पुरुष २२ हजार पाँच सय ६१, महिला १६ हजार चार सय ५५ गरी ३९ हजार १६ मतदाता छन् भने २२ वटा मतदानस्थल र ४५ मतदान केन्द्र छन् । क्षेत्र नं १ (ख) मा पुरुष २१ हजार पाँच सय ३८, महिला १७ हजार एक सय २३, तेस्रोलिङ्गी दुई गरी कुल ३८ हजार छ सय ६३ मतदाता छन् भने १२ वटा मतदानस्थल र ४३ मतदान केन्द्र रहेको जनाइएको छ ।

क्षेत्र नं २ (क) मा पुरुष २४ हजार त सय ३१, महिला १९ हजार दुई सय ११, तेस्रोलिङ्गी दुई गरी कुल ४३ हजार आठ सय ४४ मतदाता रहेको र २१ मतदानस्थल तथा ५२ मतदान केन्द्र छन् । क्षेत्र नं २ (ख) मा पुरुष २४ हजार चार सय ४४, महिला १८ हजार छ सय ७६, तेस्रोलिङ्गी दुई गरी ४३ हजार एक सय २२ मतदाता रहेको र १७ वटा मतदानस्थल र ५१ मतदान केन्द्र छन् ।

क्षेत्र नं ३ (क)मा पुरुष २४ हजार नौ सय ३०, महिला १९ हजार चार सय ६२, तेस्रोलिङ्गी एक गरी ४४ हजार तीन सय ९३ मतदाता छन् भने २२ मतदानस्थल र ५१ मतदान केन्द्र छन् । क्षेत्र नं ३ (ख)मा पुरुष २६ हजार चार सय ३६, महिला १९ हजार छ सय, तेस्रोलिङ्गी तीन गरी ४६ हजार ३९ मतदाता, २५ मतदानस्थल र ५८ मतदान केन्द्र छन् ।

क्षेत्र नं ४ (क)मा पुरुष २३ हजार नौ सय दुई, महिला २० हजार दुई सय ७२ र तेस्रोलिङ्गी तीन गरी ४४ हजार एक सय ७७ मतदाता, २५ मतदानस्थल र ५५ मतदान केन्द्र छन् । क्षेत्र नं ४ (ख)मा पुरुष २६ हजार चार सय ६२, महिला २० हजार दुई सय नौ, तेस्रोलिङ्गी तीन गरी ४६ हजार छ सय ७४ मतदाता, २३ मतदानस्थल र ५७ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

  • ९ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !