‘टुरिष्ट’ उम्मेदवारका कारण काठमाडौं २ निकै पछि परेको छ : कुन्तीदेवी पोख्रेल

आजभोलि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधि सभा उम्मेदवार कुन्तीदेवी पोखरेलले ‘टुरिष्ट’ उम्मेदवारका कारण यो क्षेत्र निकै पछि परेको बताएकी छिन् । आइतबार राप्रपा काठमाडौं क्षेत्र नम्बर २ ले बक्तिसपुतलीमा गरेको दीपावली, नेपाल संवत तथा छट पर्वका अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले काठमाडौंको २ नम्बर क्षेत्र टुरिष्ट नेताका कारण कार्णालीको दूर्दशामा पुगेको स्मरणं गराइन् ।

कार्यक्रममा बोल्दै पोखरेलले हरेक निर्वाचनमा यो क्षेत्रभन्दा बाहिरका उम्मेदवार आएर चुनाव जित्ने र फेरि फर्केर सो क्षेत्रमा नजाँदा विकासमा निकै पछि परेको उल्लेख गरिन् । चुनावको सिलसिलमा जनताका घरदैलो कार्यक्रम गर्न जाँदा शंखरापुरका नाङुलेभारे, कात्र्तिके–देउराली जस्ता स्थानहरु अझैपनि कर्णालीको अवस्थामा रहेको, एम्बुलेन्स पुग्ने बाटो नहुँदा जनताहरुले दुःख पाइरहेको बताइन् । त्यसकारण काठमाडौं क्षेत्र नम्बर २ मा बाहिरबाट आएका उम्मेदवारहरुलाई भोट नदिई माला लगाएर बिदा गर्न आग्रह गरिन् ।

माओवादी द्धन्द्धका बेला कार्यकर्ता र आफन्तको हत्या गर्ने दललाई काँग्रेसले बोकेर हिँडेकोप्रति आपत्ति जनाउँदै हिजो आफन्त मार्ने दललाई आज चुनाव जिताउन ठेक्का लिएको भन्दै प्रश्न गरिन् । उनले आफू विश्वेश्वरप्रसाल कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको प्रजातन्त्रप्रतिको आर्दशप्रति प्रतिबद्ध रहेको बताउँदै आगामी निर्वाचनमा गठबन्धन नभनी राष्ट्रवादी राप्रपालाई मत दिन आग्रह गरिन् ।

उनले भनिन्–‘म यो देशका प्रजातन्त्रवादी नेता विशेश्वरप्रसाद कोइरालाको सिद्धान्त र वीर गणेशमान, सन्त नेता कृष्णप्रसाद भट्टराईको राजनीति जीवनलाई आत्मसाथ गरेर आएकी प्रजातन्त्रवादी युवा नेत्रृ हुँ । यसकारण प्रजातन्त्रमा विश्वास गर्ने साथीहरुले प्रजातन्त्रवादीलाई नै भोट दिनुपर्छ ।’ उनले प्रजातन्त्रको हिमायती पार्टीले आज प्रजातन्त्र विरुद्ध युद्धमा उत्रिकाहरुसँग सहकार्यको लागि अपवित्र गठबन्धन गरेको उनको भनाई छ ।

उनले काठमाडौं क्षेत्र नं. २ मा रहेको जहरसिंह पौवामा झन्डै दुई सय रोपनी सरकारी जग्गा अमेरिकी सहयोग परियोजना (एमसीसी)ले कब्जा गरेको प्रति त्यस क्षेत्रका जनता आक्रोशित भएको सुनाइन् । उनले त्यहाँको भौगोलिक अवस्था जनताको आर्थिक समृद्धिका लागि पर्यटन प्रवद्र्धनका लागि उपयुक्त रहेको बताउँदै सो भूमी एमसीसी परियोजनाबाट खाली गराउनुपर्ने बताइन् ।

उनले आफू निर्वाचित भएमा ति क्षेत्रमा व्यवस्थित ढंगले विकासका काम गर्ने बताउँदै संसदमा राज्यका लागि नयाँ नीति निर्माण गर्नका लागि भूमिका खेल्ने प्रतिबद्धता समेत ब्यक्त गरेकी छिन् । कार्यक्रममा प्रमुख अतिथि रहेका राजेन्द्र लिङदेनले आगामी प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाले समानुपातिक तर्फ ३० लाख मत ल्याउने दावी गरेका छन् । सो कार्यक्रममा काठमाडौं क्षेत्र नं. २ (क) का प्रदेश उम्मेदवार सुनिल केसी, प्रदेश (ख) का उम्मेदवार राजु विष्ट, राप्रपा काठमाडौं जिल्ला सभापति नवराज सिंखडा लगायतको उपस्थिति थियो ।

 

  • ६ कार्तिक २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !