स्थानीयलाई मतदान, पर्यटकलाई सम्मान : भगवती ढकाल

आजभोलि

काठमाडौं । काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएकी भगवती ढकालले माओवादी अध्यक्ष प्रचण्ड सामन्ती बन्दै गएको र सिद्धन्त, निष्ठा र आदर्शमा गद्दारी गरेको आरोल लगाएकी छिन् । उनले पार्टी शीर्ष नेताहरुले पुराना दुःख गरेका र युद्धकालमा लडेकाहरुलाई पाखा लगाएर नयाँ, पैसावाल र सामन्ती सोच भएकाहरुलाई अवसर दिन थालेपछि विस्थापित हुनुपरेको बताएकी छिन् । ढकालले काठमाडौं क्षेत्र नं. २ मा नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीको गठबन्धन छ । त्यसमा गठबन्धनको तर्फबाट ओनसरी घर्तीलाई उठाइएको छ ।

तर, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भन्दैमा रोल्पाबाट आएकी ओनसरीलाई गठबन्धनमा सबै भोट दिन्छन् भन्ने लाग्दैन’, ढकालले भनिन् । उनी भन्छिन्, ‘काठमाडौं २ मा यस अघि पनि पटक–पटक माधवकुमार नेपाल, झक्कुप्रसाद सुवेदी जस्ता पर्यटक उम्मेदवार आएर चुनाव लडे, जिते तर चुनावपछि फर्केर आएनन् भन्ने आरोप स्थानीयको छ । यसरी चुनावका बेला खाली बाहिरका उम्मेदवार आएर जित्ने अनि चुनावपछि फर्केर नआउने कारणले यस क्षेत्रका जनता वाक्कदिक्क भइसकेका छन्, त्यसकारण पनि यस पटक पर्यटक उम्मेदवारलाई भोट आउँदैन ढकालले ठोकुवा गरिन् । रोल्पाका जनताको लागि माखो मार्न नसक्नेले अब काठमाडौं क्षेत्र नं. २ मा आएर के गर्छन् ? त्यसैले ओनसरीजीहरुले रोल्पामै गएर जनताको सेवा गरेहुन्छ ।

काठमाडौं २ यहींका हामी जस्ता स्थानीय छौं भन्दै ढकालले पटक–पटक पर्यटक उम्मेदवारका कारण ठगिएको काठमाडौं २ फेरि ठग्ने काम नगर्न आग्रह गरेकी छिन् । तपाईंको उम्मेदवारी के का लागि भन्दा ढकाल भन्छिन्, ‘ मेरो उम्मेदवारीको सन्दर्भमा भन्नुपर्दा हिजो हामी पुरानो सोचबाट देशलाई परिवर्तन गर्नुपर्छ भनेर माओवादीमा लागेर हिंड्रयौं । संकटकालका बेला ज्यान बाजीमा राखेर माओवादीलाई सहयोग गरियो । हिजो हामी माओवादीमा देश परिवर्तन हुन्छ भनेर लागेका थियौं । तर, आज आएर त्यो पार्टीबाट धोका भयो ।

त्यसकारण अब माओवादीबाट देश परिवर्तन हुने छाँट देखिएन । यसलाई पनि परिवर्तन गर्ने हो कि हामी लागिपरेका छौं । त्यो नयाँ परिवर्तनका लागि आगामी मंसिर ४ मा हुन गइरहेको आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको सदस्यको लागि मैले स्वतन्त्र उम्मेदवारी दिएकी छु । मेरो चुनाव चिन्ह ‘सूर्यमुखी फूल’ रहेको छ ।’ उनले हिजो माओवादीमा लागेर लडेका, भंगभंग भएका, परिवार गुमाएका र विभिन्न आरोपमा विस्थापित भएका लडाकुहरुको पार्टीले बेवास्ता गरेपछि आफूले माओवादी परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी दिन वाध्य भएको बताएकी छिन् ।

उनी भन्छिन्, ‘युद्धका बेला होमिएका अधिकांश साथीहरुको अवस्था अहिले पनि एकदमै दयनीय भएकाले थारै भएपनि त्यस्ता पीडित साथीहरुलाई सहयोग पु¥याउने उद्देश्यले आफू काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी हुँ । उनी थप्छिन्, ‘मैले कसैको विरुद्ध उम्मेदवारी दिएकी होइन । उनले काठमाडौं क्षेत्र नं. पटक–पटक बाहिरका ‘टुरिष्ट’ नेता उम्मेदवार बन्ने, चुनाव जित्ने जनताको काम नर्गे भएकाले ओझेलमा परेको भन्दै यसपटक आफूले जित्नुपर्ने बताएकी छिन् । यहाँका जनताको आवश्यकता बाहिरबाट आउनेले नबुझ्ने भएकाले पनि आफूलाई जिताउनुपर्ने ढकालको दावी छ । ढकालले वर्षौदेखि समस्या देखिँदै आएको भूमिसुधारलाई परिवर्तन गर्नुपर्ने बताएकी छिन् ।

चुनाव प्रचारप्रसारबाट कस्तो माहोल पाउनुभएको छ ? भन्दा ढकाल भन्छिन्, ‘म चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा मतदातासँग भेटघाट गर्दा एकदमै राम्रो साथ, सहयोग पाएकी छु । चुनावी माहोल हेर्दा मैले चुनाव जितिसकेको जस्तो लाग्छ ।’ तपाईंले जित्नुपर्ने कारण भन्दै उनी भन्छिन्, ‘म यहाँको स्थानीय हुँ । यहाँका जनताको आवश्यकता मलाई थाहाँ छ । म हिजो पदमा नपुग्दा पनि यहींका जनताको सुःखदुःखमा साथ दिँदै आएकी छु । चुनाव जितिसक्दा पनि उनीहरुकै साथमा काम गर्ने हो ।

अनि मलाई भोट नदिएर यहाँका जनताले रोल्पातिरबाट आउनेलाई दिन्छन् त ? दिँदैनन् नि । त्यसकारण नै मेरो जित सुनिश्चित छ ।’ यसमा काठमाडौं २ जनाताले सोचविचार गरेर निर्णय गर्नेछन् भन्नेमा विश्वस्त छु । तपार्इंंहरुको साथ, सहयोग र समर्थबाट यहाँसम्म आइपुगेकी छु । अब आगामी मंसिर ४ गते ‘सूर्यमुखी फूल’ चिन्हमा भोट हालेर मलाई सहयोग गर्नुहोस् । म तपार्इंंहरुको पाँच वर्ष सेवक बनेर काम गर्नेछु,’ ढकालले आग्रह गरिन् । गठबन्धनका उम्मेदवार अगाडि कसरी जित्नुहुन्छ भन्दा ढकाल भन्छिन्,

‘माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरुसँग गठबन्धन गरेका छन्, मैले जनतासँग गठबन्धन गरेकी छु । त्यसैले काठमाडौं २ मा गठबन्धनका साथीहरुले पनि मलाई भोट दिँदै हुनुहुन्छ । गठबन्धनका नाममा सधैं एउटै व्यक्ति त्यो पनि निर्वाचन क्षेत्र परिवर्तन गर्दै आउनेदेखि जनता हैरान भएकाले पनि मप्रति यहाँका मतदाता आकर्षित भएका हुन् ढकालले दावी गरिन् । उनी बताउँछिन्, ‘यसपटक काठमाडौं २ का मतदाताले पर्यटकलाई सम्मान र स्थानीयलाई मतदान गर्ने छन् । त्यसको लागि आफूलाई स्वतन्त्रको ‘सूर्यमुखी फूल’ चुनाव चिन्हमा भोट हाली जिताउन स्वतन्त्रकी उम्मेदवार भगवती ढकालले अपील र अनुरोध गरेकी छिन् ।

  • ३० कार्तिक २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !