काबुलको सैन्य विमानस्थल विस्फोटमा १० जनाको मृत्यु, ८ जना घाइते

आजभोलि

काबुल । काबुल सैन्य विमानस्थलमा आइतबार भएको विस्फोटमा कम्तिमा १० जनाको मृत्यु हुनाको साथै अन्य आठ जना गम्भीर घाइते भएको खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै बताएको छ ।

तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै विस्फोट भएको र यसको जिम्मेवारी कसैले नलिएको बताएका छन् ।
उत्तरी तखार प्रान्तको राजधानी तालुकान शहरमा बुधबार भएको विस्फोटमा चार जना घाइते भएको तीन दिनपछि यो अर्को विस्फोटको घटना हो ।

तखारमा तालिवान सुरक्षा कमाण्डर अब्दुल मुबिन साफीले विस्फोटको पुष्टि गर्दै स्थानीय प्रशासनिक कर्मचारीको डेस्कमुनि बम राखिएको जानकारी दिएका छन् ।

पछिल्ला केही महिनाहरूमा युद्धग्रस्त काउन्टीमा विस्फोट लगायतका सुरक्षा घटनाहरू बढ्दै गएको छ।

  • १७ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !