सूर्या ४२ को हिन्दी राइट्स सय करोडमा बिक्री

आजभोलि

मुम्बई । ‘सूर्यम’, ‘सिरूथाई’, ‘वीरम’, ‘वेदालम’ र ‘विश्वासम’ जस्ता फिल्म बनाएपछि सिवा पहिलोपटक तमिल सुपरस्टार सूर्यासँग काम गर्दैछन् । ‘सूर्या ४२’ नाम रहेको फिल्मको घोषणा गत सेप्टेम्बरमा भएको थियो । थ्रीडी फर्म्याटमा बनिरहेको फिल्म १० भाषामा रिलिज हुँदैछ । फिल्ममा दिशा पाटनीको पनि अभिनय रहेको छ ।

पुनर्जन्ममा आधारित फिल्म एक्सनपरक छ । यो फिल्मको हिन्दी राइट्स पेन स्टुडियोका मालिक जयन्तीलाल गडाले सय करोडमा खरिद गरेका छन् । तमिल फिल्म उद्योगमा यति महंगो मूल्यमा हिन्दी राइट्स किनिएको यो पहिलो फिल्म हो ।

फिल्मको लागत २ सय करोड छ । फिल्ममा सूर्या पाँचवटा भूमिकामा देखिँदैछन् । फिल्मको कथा आजको समय र एक हजार वर्षअघिको घटना वरपर घुमेको छ ।

यसअघि पेन स्टुडियोले ‘आरआरआर’को हिन्दी राइट्स १ सय ४० करोडमा किनेको थियो । फिल्मले हिन्दी बक्सअफिसमा २ सय ७४ दशमलब ३१ करोड कलेक्सन गरेको थियो ।

  • १९ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !