नवाजुद्दिनले भने: २५ करोड पारिश्रमिक दिए पनि सानो भूमिका गर्दिनँ

आजभोलि

मुम्बई। बलिउडमा प्रतिभावान कलाकारको नाम लिँदा अभिनेता नवाजुद्दिन सिद्दीकी छुट्दैनन् । सानोतिनो सहायक चरित्रबाट फिल्मी करियर सुरुवात गरेका उनले हलिउड फिल्म ‘लक्ष्मण लोपेज’मा देखिँदैछन् । उनले हलिउड फिल्ममा सानो भूमिका कहिल्यै नगर्ने खुलाएका छन् ।

‘मैले उद्योगमा कयौं सानो भूमिका निभाएको छु । मैले आफ्नो मिहेनत र लगनले यो सफलता पाएको छु । आजको समयमा यदी कोही विदेशी फिल्म मलाई सानो भूमिकाका लागि प्रस्ताव गर्छन् भने म त्यसमा काम गर्दिनँ । चाहे निर्माताले मलाई २५ करोड रुपैयाँ नै दिए पनि म त्यो सानो भूमिका गर्दिनँ । मलाई लाग्छ आफ्नो कामलाई राम्रो बनाउनुपर्छ । यदी तपाईं राम्रो काम गर्नुहुन्छ भने अवसर तपाईंलाई खोज्दै आउनेछ’, नवाजुद्दिन भन्छन् ।

‘लक्ष्मण लोपेज’को निर्देशन प्रख्यात निर्देशक रिबर्टो जिराल्टले गर्दैछन् । नवाजुद्दिन फिल्म ‘हड्डी’मा देखिँदैछन् । जसमा उनले एक किन्नरको भूमिका निर्वाह गरेका छन् ।

  • १९ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !