फिल्मका लागि बलिउड कलाकारको महंगो मेकअप

आजभोलि

मुम्बई । फिल्ममा चरित्रअनुसार कलाकारको मेकअप गरिन्छ । अभिनयको दुनियाँमा मेकअपको भूमिका महत्वपूर्ण हुन्छ । किनकि मेकअपकै कारण कलाकारले आफूलाई चरित्रमा ढाल्छन् । त्यहीकारण स्क्रिप्टअनुसार नै कहिलेकाँही कलाकारलाई महंगो मेकअप गर्नुपर्ने हुन्छ । यहाँ बलिउडका केही फिल्मका कुरा गरिएका छन्, जुन फिल्मका कलाकारको मेकअप गर्न नै लाखौं देखि करोडौं रुपैंयाँ खर्च गरिएको थियो ।

कपूर एन्ड सन्स

यो फिल्ममा अभिनेता ऋषि कपूरले ९० वर्षको बुजुर्ग व्यक्तिको भूमिका निभाएका थिए । उनको यो लुक्स बनाउनका लागि झन्डै डेढ करोड खर्च गरिएको थियो ।

रोबोट २.०

रजनीकान्त र अक्षय कुमार स्टारर यो फिल्म बक्सअफिसमा ब्लकबस्टर साबित भयो । यो फिल्ममा अक्षय निकै फरक लुक्समा देखिएको थिए । उनको यो लुक्स बनाउनका लागि करोडौ खर्च गरिएको थियो ।

बेल बाटम

फिल्ममा अभिनेत्री लारा दत्ताले इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा उनको लुक्स यति सानदार थियो कि उनी लारा नै हुन् भन्ने भेउ कमैले पाए । उनको यो मेकअपका लागि निर्माताले लाखौं रुपैंयाँ खर्च गरेका थिए ।

राब्ता

अभिनेता सुशान्त सिंह राजपूतको फिल्म ‘राब्ता’मा अभिनेता राजकुमार रावको लुक्सले जोकोही चकित भएका थिए । राजकुमारलाई यो फिल्ममा कसैले चिन्न सकेनन् । यो लुक्स बनाउनका लागि निर्माताले झण्डै करोडको हाराहारीमा खर्च गरेका थिए ।

गुलाबो सिताबो

सन् २०२० मा रिलिज आयुष्मान खुराना र अमिताभ बच्चनको यो फिल्ममा अमिताभको लुक्स देखेर जोकोही चकित परेका थिए । अमिताभको लुक्स बनाउनका लागि निर्माताले पानी सरह पैसा खर्च गरेका थिए ।

पा

सन् २००९ मा रिलिज यो फिल्ममा अमिताभ बच्चनले एक बच्चाको भूमिका निर्वाह गरेका थिए । जो व्यक्ति समयअघि नै बुढो देखिन्छ । फिल्ममा अमिताभको लुक्सको निकै सराहना गरिएको थियो । उनको लुक्समा पनि लाखौं खर्च भएको थियो ।

आई

चियान विक्रमको यो फिल्मले दर्शकलाई हैरान बनाएको थियो । फिल्ममा विक्रमको एक जबरदस्त लुक्स थियो । उनको यो लुक्स बनाउनकै लागि लाखौं खर्च गरिएको थियो ।

चाची ४२०

अभिनेता कमल हासनले यो फिल्ममा एक अधबैसे महिलाको भूमिका निर्वाह गरेका थिए । फिल्ममा उनको लुक्स तयार पार्नका लागि लाखौं रुपैंयाँ खर्च गरिएको थियो ।

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !