छोरी जन्माउनेलाई नगदसहित सम्मान

आजभोलि

चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा ‘छोरी सम्मान’ कार्यक्रम सञ्चालन गरिएको छ ।

विसं २०७९/८० को वार्षिक स्वीकृत छोरी सम्मान कार्यक्रममार्फत छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप गाउँपालिकाले तीन हजारसहित सम्मान गर्ने भएको हो ।

विभेदीकरण अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि गाउँपालिकाले उक्त कार्यक्रमलाई अगाडि बढाएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले जानकारी दिए। उनका अनुसार स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप तीन हजारसहित सम्मान गरिनेछ ।

छोरीलाई पनि छोरासरह समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गङ्गाबहादुर तामाङले बताए । उनले गर्भमा छोरी भएको थाहा भएपछि गर्भपतन गराउने प्रवृत्ति अझै पनि कायम रहेकाले यस अभियानले यस्तो सामाजिक विकृति अन्त्य गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

  • १५ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !