अफगानिस्तानमा कडा जाडाका कारण १६८ जनाको मृत्यु

आजभोलि

काबुल । चिसो र कठ्याङ्ग्रिदो जाडाका कारण विगत एक महिनामा अफगानिस्तानमा १६८ जनाको मृत्यु भएको छ।

खामा प्रेसका अनुसार विपद् व्यवस्थापन अधिकारी रहमान जाहिदले देशका विभिन्न २४ प्रान्तमा अत्यधिक चिसाका कारण १६८ जनाको मृत्यु भएको छ ।

विपद् व्यवस्थापन अधिकारी जाहिदले त्यहाँ सयौं घरहरू भत्किएको र करिब ८० हजार गाईवस्तुको मृत्यु भएको बताएका छन् । यसैबीच विपन्न परिवारहरूको जीवनस्तरमा गम्भीर आर्थिक सङ्कट उत्पन्न भएको छ।

अफगानिस्तानको मौसम पूर्वानुमान अधिकारीहरूले आगामी दिनमा कम्तीमा १९ प्रान्तमा हिमपात हुने चेतावनी दिएका छन् । साथै मानवीय सहयोगको चरम आवश्यकतामा रहेका मानिसहरूको जीवनयापनलाई यो चिसोले थप जटिल बनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको विज्ञप्तिमा बदख्सान, नुरिस्तान, कुनार, नाङ्गरहार, लघमान, कपिसा, पञ्जशिर, परवान, काबुल, लोगर, पक्तिका, जाबुल, गजनी, मैदान वार लगायतका प्रदेशमा आगामी दिनमा भारी हिमपात हुने जनाइएको छ ।

अफगानिस्तानको तीन करोड ८० लाख जनसङ्ख्याको लगभग ५० प्रतिशत जनतालाई सहायता र यस शीतकालीन समयमा थप सहयोगको खाँचो छ । यसैगरी मुलुकमा झण्डै ४० लाख बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त रहेको पनि बताइएको छ ।

टोलो समाचारले तापमानमा आएको अचानक गिरावटले समस्याग्रस्त देशमा थप गरिबी तर्फ धकेल्दै खाद्यान्न र इन्धनको अभावबाट पीडित मानिसहरूलाई नराम्ररी असर गरेको छ ।

  • १६ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !