कृषकलाई चैते धान लगाउन चटारो

आजभोलि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएका सिमसार क्षेत्रका किसानलाई अहिले हिउँदे (चैते) धान लगाउन चटारो भएको छ ।

कावासोती, गैंडाकोटा, देवचुली, मध्यविन्दु नगरपालिका तथा वियनी त्रिवेणी, बुलिङटार र बौद्धिकाली गाउँपालिकामा हिउँदे धान खेती हुने क्षेत्र हुन् । सो क्षेत्रका किसानलाई अहिले अर्मपर्म गरेर धान लगाउन चटारो भएको हो ।

बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । केन्द्रका प्रमुख गोपाल लामिछानेका अनुसार बर्खे धान प्रतिहेक्टर ३ टनभन्दा बढी उत्पादन हुन्छ भने चैते धान प्रतिहेक्टर ३ देखि ४ टनसम्म उत्पादन हुने गर्दछ ।

खाद्यान्न अभावको परिपूर्तिका लागि चैते धान उत्पादन बढाउनु राम्रो उपाय भएकाले नवलपरासीमा यसको उत्पादन विस्तार गरिँदै लगेको लामिछानेले बताए । ‘चैते धानमा रोग तथा कीरा पनि नलाग्ने भएकाले खेती गर्न सहज छ । यसको उत्पादन वर्षाको समय हुने भएकाले बाली स्याहार्ने बेला किसानले सजकता भने अपनाउनुपर्छ,’ उनले भने ।

गत वर्ष १२ सय १० हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुँदा ६ हजार १२३ मेट्रिक टन उत्पादन भएको केन्द्रका सूचना अधिकारी शंकर पौडेलले बताए । आर्थिक वर्ष २०७७/७८ मा ७०० हेक्टर क्षेत्रफलमा ३ हजार ३६० मेट्रिक टन उत्पादन भएको थियो ।

“चैतेधानको क्षेत्रफल र उत्पादन दुवै वृद्धि भइरहेको छ । लगानी र उद्देश्यअनुसारको उत्पादन भने अझै हुन सकेको छैन”, सूचना अधिकारी पौडेलले भने। क्षेत्रफल र उत्पादन अझ बढाउन सके अन्यत्र धान निर्यात गर्न सकिने उनको भनाइ थियो ।

सूचना अधिकारी पौडेलका अनुसार धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधा तथा कृषिमा यान्त्रिकीकरणका लागि अनुदान प्रदान गरेको छ ।

चैतेधानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिन्छ । गैँडाकोटको ११ र १२, कावासोतीको ९ देखि १७ वडामा चैते धानको उत्पादन बढी हुन्छ । उत्पादित चैतेधान कृषकले नै बिक्री गर्छन् ।

  • २३ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !