जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकप, २०७९ को तयारी पूरा

आजभोलि

कलैया । नवजागृति युवा क्लब सिमराद्वारा यही चैत ९ गतेदेखि सञ्चालन हुने जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ ।

सिमरा रङ्गशालामा यही २०७९ चैत १८ गतेसम्म हुने गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमलाई रु १० लाख, द्वितीय हुनेलाई रु पाँच लाख, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल÷स्कुटी पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

गोल्डकपको मुख्य प्रायोजक जगदम्बा स्टिल सिमरा पावर्ड बाई जगदम्बा मोटर्स तथा मुख्य सहयोगी जितपुर सिमरा उपमहानगरपालिका रहेका छन् ।

प्रतियोगितामा विधागत पुरस्कार रु २० हजार, म्यान अफ द म्याच रु १० हजार र स्थानीय उदीयमान खेलाडी पुरस्कार रु १५ हजार प्रदान गरिने भएको छ । फुटबल प्रतियोगितामा गत वर्षको विजेता एनआरटी, गत वर्षको उपविजेता एपिएफ, हिमालयन शेर्पा क्लब, ब्वाइज युनाइटेड, सातदोबाटो युथ कल्ब, केबिए ग्लोबल, बिएएफसी चितवन, मकवानपुर–११ हेटौँडा, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक क्लबसमेत गरी १० वटा टिमले भाग लिने छन् ।

प्रतियोगिता सञ्चालन गर्न रु एक करोड छ लाख ७७ हजार लाग्ने आयोजकले बताएको छ ।

 

  • ७ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !