मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किंदै

आजभोलि

दोधारा चाँदनी । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने अभियान सुरु गरेको छ ।सोमबारदेखि जिल्लाका उच्च जोखिम भएका क्षेत्रमा विषादी छर्किन लागेको स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । जिल्लामा मलेरीयाको उच्च जोखिम रहेको क्षेत्र भीमदत्त नगरपालिका–१ र कृष्णपुर नगरपालिका–५ मा विषादी छर्किन लागिएको हो ।

“मध्यम जोखिम भएका क्षेत्रका झुल वितरण गरेका छौँ”, भट्टले भने, “सरकारको योजनाअनुसार सन् २०२५ सम्ममा जिल्लालाई मलेरिया शून्यमा झार्ने लक्ष्यले काम भइरहेको छ ।” त्यसैगरी भीमदत्तका वडा नं ९, १० र बेदकोट नगरपालिकाका वडा नं १, २ र ६ का सबै नागरिकलाई झुल वितरण गरिएको छ ।

कञ्चनपुरमा चालु आर्थिक वर्षमा २१ मलेरियाका बिरामी फेला परेका छन् । तीमध्ये १६ बाहिरबाट आएका व्यक्तिमा सङ्क्रमण देखिएको भट्टले बताए । त्यसमध्ये छ जनामा कडा खाले मलेरिया देखिएको छ भने अन्य १४ मा कम कडा भएको मलेरिया देखिएको निरीक्षक भट्टले बताए ।

“जिल्लामा भारत तथा अन्य ठाउँबाट आउनेमा बढीजसो मलेरिया देखिने गरेको छ”, उनले भने, “पछिल्ला वर्षको तथ्याङ्क हेर्दा जिल्लामा बिरामीको सङ्ख्या घट्दै गएको छ ।” कञ्चनपुरमा हाल प्लाज्मोडियम विबक्स र प्लाज्मोडियम फाल्सिपेरम जातका बिरामी देखा परेका जनाइएको छ ।

  • १९ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !