अविबाहित प्रेमिकावाट अर्जुन रामपाललाई दोस्रो सन्तान प्राप्त हुदैँ

आजभोलि

मुम्बई । कलाकार अर्जुन रामपाल बलिउड फिल्म उद्योगका एक नामी कलाकार हुन । उनी आफनो अभिनयका साथै ब्यक्तिगत जीवनका कारण पनि बेला बेलामा चर्चामा छाईरहन्छन् । ५० बर्षिया रामपाल पछिल्लो दिनमा गैब्रिएला डेमोट्रियडससँग लिभ इन रिलेशनसिपमा रहदैँ आएका छन ।

यसैबिचमा उनले एउटा खुसीको खबर बाहिर ल्याएका छन, चाँँडै नै गैब्रिएला पुनः आमा बन्दैछिन र अर्जुनका लागि दोस्रो बच्चा जन्माउँदै छिन् । गैब्रिएला आफैले यसको जानकारी फ्यानहरुलाई दिएकी हुन ।

उनले इन्स्ट्रागाममा दुईवटा तस्विर सार्वजनिक गर्दै भनेकी छिन, ‘रियलिटी या आर्टिफिसियल इंटीलिजेन्स । इन्स्टाग्राम सार्वजनिक तस्विरमा उनी बेबी बम्प गरिरहेको देखिन्छ । उनी आफनो गर्भ रहेको पेटमा हाथ राखेर क्यामेरा अगाडी पोज दिईरहेकी छिन । यसरी क्यामेरा अगाडी उनी झन सुन्दर देखिएकी छिन् ।

अर्जुन रामपाल र गैब्रिएलाको आइपीयलको एउटा पार्टीमा भेट भएको थियो । उनीहरु विस्तारै नजिकिदैँ जादा प्रेममा फस्न पुगे । तर, अहिलेसम्म उनीहरु बिच औपचारिक रुपमा बिबाह भने भएको छैन । यद्धपी, यसअघि नै उनीहरुको एउटा बच्चा भने जन्माइसकेको अवस्था छ । सन २०१९ मा छोरा अरिकलाई पहिलो सन्तानको रुपमा प्राप्त गरेका थिए ।

  • २० बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !