बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि

आजभोलि

मनहरी । मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्ने भएका छन् ।

परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिका–५ पिप्ले क्याम्पा रङ्गशालामा गर्ने तय भएको छ । प्रतियोगितामा सहभागी हुन खेलाडी, प्रशिक्षक, निर्णायक, खेल पदाधिकारीलगायत हेटौँडा आइसकेका छन् । प्रतियोगितामा १३ खेल समावेश गरिएका छन् । उसु, जुडो र पौडी खेल काठमाडौँ तथा ललितपुरमा खेलाइने छन् ।

यस्तै,क्रिकेट चितवनमा खेलाइने सदस्य सचिव भण्डारीले बताए । फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, रग्बी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दो हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइने छन् । प्रतियोगितामा एक हजार ७५ महिला र एक हजार चार सय २७ पुरुष खेलाडी सहभागी हुँदैछन् । यस्तै एक सय ७३ प्रशिक्षक, एक ४२ व्यवस्थापक, दुई सय ७६ निर्णायकलगायत प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।

  • ७ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !