प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी

आजभोलि

भालुवाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसारको अधिकार दिन नसकेको बताएका छन् ।

आज लुम्बिनी प्रदेशले राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको १६औँ गणतन्त्र दिवसका अवसरमा उनले प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौती थपिँदै जाने खतरा रहेको प्रष्ट्याए ।

गणतन्त्र संस्थागत नहुँदासम्म जनताको अधिकार प्राप्तिका लागि सरकार लडिरहने पनि उनले बताए । उनले केन्द्रले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार आफैँ केन्द्रमा थमौती गरेर राख्दा कति असर गरेको छ भन्ने कुरा देखिएको बताए । “यो कुरा आएर केन्द्र सरकारले स्थानीय नागरिकलाई सोधोस् अनि बल्ल जनताले जवाफ दिनेछन्”, उनले भने ।

अहिले पनि तहगतरुपमा संविधानले तोकेको अधिकार प्राप्त हुन नसकेको भन्दै मुख्यमन्त्री चौधरीले गणतन्त्र संस्थागत हुन नसक्दा जनताका अपेक्षा पूरा गर्न नसकिने हुँदा आआफ्नो दायित्व पूरा गर्न नसक्ने जस्ता समस्या देखिएको औँल्याए ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तीन तहकै सरकार जिम्मेवार बन्नुपर्ने बताए ।

  • १५ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !