संसदीय समितिका सभापति चयन गर्न सभामुखबाट दलका नेतालाई ध्यानाकर्षण

आजभोलि

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समितिहरुको नेतृत्व चयन नहुँदा संसदीय कामले गति लिन नसकेको विषयमा राजनीति दलका नेताहरुको ध्यानाकर्षण गराएका छन् ।

आजको कार्यव्यवस्था परामर्श समितिको बैठमा सभामुख घिमिरेले भने, “संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिन सकेको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमितिका बैठक पनि ज्येष्ठ सदस्यको नेतृत्वमै सञ्चालन भइरहेको छ । समितिमा सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिन सकेको छैन ।

“तपाईंहरुले आजैको मितिदेखि सात दिनभित्र सहमतिबमोजिम सभापति चयन गराउनुुहोस् वा सात दिनपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गराउनुहोस्’’ उनले भने । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली यही जेठ १४ गते पारित भएपछि दुई संयुक्त समिति गठनका लागि बाटो खुलेको छ ।

संसदीय सुनुवाइ विशेष समितिका सदस्यहरुको मनोनयन भए पनि सभापित चयनको प्रक्रिया अझै सुरु भएको छैन ।

  • १५ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !