सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत

आजभोलि

काठमाडौँ । सङ्घीय संसद्मा आज सरकारको आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत भएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा अहिले बजेट प्रस्तुत गरिरहेका छन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गर्दै प्रस्तुतिका लागि स्वीकृत प्रदान गरेको थियो ।
यसअघि बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतिका लागि अर्थमन्त्रीलाई अनुमति दिएका थिए । प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।
बजेट वक्तव्य सुन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख संसद् भवन नयाँबानेश्वर आएका छन् । यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सका प्रमुख एवं पदाधिकारी पनि सहभागिता रहेको छ ।
नेपालको इतिहासमा प्रजातन्त्र स्थापना भएपछि पहिलो अर्थमन्त्री सुवर्णशमशेर राणाले विसं २००८ माघ २१ गते पहिलो बजेट प्रस्तुत गरेका थिए । उक्त बजेट रु पाँच करोड २५ लाख बराबरको थियो । त्यसपछिका बजेट विकास केन्द्रित भएकाले वैदेशिक सहयोग प्राप्त भई सडक, पूर्वाधारलगायत महत्वपूर्ण विकास निर्माण अघि बढेको इतिहास छ ।
नेपाली कांग्रेसको नेतृत्वमा विसं २०४८ मा प्रस्तुत बजेटले आर्थिक उदारीकरण तथा नेकपा (एमाले) नेतृत्वको विसं २०५१ प्रस्तुत बजेटले सामाजिक सुरक्षामा जोड दिएका थिए । यी बजेटलाई नेपालको बजेटको इतिहासमा उदाहरणीयरुपमा हेरिने गरिएको छ ।
संसद्बाट प्रस्तुत बजेट वक्तव्य नेपाल टेलिभिजन र रेडियो नेपालसहित विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरिरहेका छन् । प्रस्तुत बजेटमाथि मन्त्रालयगत छलफलपछि सम्बन्धित मन्त्रीले जवाफ दिएपछि अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत गरिनेछ ।

  • १५ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !