प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव

आजभोलि

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकका नागरिकलाई नागरिकता दिनका लागि लड्नुपर्ने अवस्था सधैँका लागि समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई विशेष धन्यवाद दिँदै मुलुकबाट नागरिकतासम्बन्धी समस्या हल हुने बताए ।

विगतमा पनि लामो सङ्घर्षपछि मात्रै यहाँका नागरिकले नागरिकता पाएको उल्लेख गर्दै नागरिकता विधेयकमा पनि ठूलै सङ्घर्ष गर्नुपरेको उनले बताए । “मधेसमा देखिएका नागरिकतासम्बन्धी समस्या समाधानका निम्ति हामीले सडकदेखि सदनसम्म लामो समय सङ्घर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा नौ लाख नागरिकलाई नागरिकता दिलायौँ”, अध्यक्ष यादवले भने, “तर पनि थुप्रै नागरिकका सन्तान गैरनागरिक नै छन्, त्यसका लागि पनि ठूलै सङ्घर्ष गर्नुप¥यो ।

छ करोड ९२ लाखमा नर्सिङ भवन

अघिल्लो कार्यकालमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका अध्यक्ष यादवको संसदीय कोषको बजेटबाट निर्माण भएको नर्सिङ भवन उद्घाटन गरिएको छ । कूल रु छ करोड ९२ लाखको लागतमा निर्माण भएको दुई तले भवनको उद्घाटन गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको परिसरमा निर्माण भएको उक्त भवनमा आगामी वर्षदेखि नर्सिङको कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।

 

  • १७ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !