राजस्व चुहावट प्रकरणमा चूडामणि शर्मालाई सफाई

आजभोलि

काठमाडौं । एक अर्ब ३३ लाख रुपैयाँ राजस्व चुहावट मुद्धामा गैर कानूनी सम्पति आर्जनतर्फ आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक एवम् चूडामणि शर्मालाई विशेष अदालतले सफाई दिएको छ ।

राजस्व चुहावत र गैरकानूनी सम्पति आर्जन गरेको मुद्धा चलाई बिगो जरिवानाको माग दाबी सहित अभियोग लागेका शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई कर फर्छ्यौटमा दोषी ठहर गर्दै गैरकानूनी सम्पतिको मुद्धामा भने सफाई दिएको हो ।

बिहीबार भएको सुनुवाइपछि इजलास नं. १ का न्यायाधीश एवम् विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीश यमुना भट्टराई र न्यायाधीश शालिग्राम कोइरालाको इजलासले उनीहरुलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

उनीहरुले कर फर्स्योट आयोगमा कार्यरत रहेका बेला अनियमितता गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । उनीहरु तीनजनाविरुद्ध अख्तियारले १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवाना मागदाबीसहित मुद्दा चलाएको थियो ।

उक्त मुद्दामा शर्मासँगै कर फर्छ्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल तथा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक शर्माविरुद्ध अख्तियारले तीन वर्षअघि मुद्दा दायर गरेको थियो ।

 

  • १८ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !